सदाबहार खबरको रफ्तार ....
जेठ ५, २०८३ मंगलबार
May 19, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

अख्तियारद्धारा एकैदिन यातायातका आधा दर्जन अधिकृत बिरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर (विज्ञप्ती सहित)

२०७६ असोज ९, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकैदिन यातायात व्यवस्था कार्यालयका शाखा अधिकृत सहित ६ जना बिरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले बुधबार भक्तपुरको जगाती स्थित यातायात व्यवस्था कार्यालयका शाखा अधिकृत अनोजकुमार घिमिरे लगायत ३ जना तथा सेती अञ्चल यातायात व्यवस्था कार्यालयका निमित्त कार्यालय प्रमुख गंभिर सिंह बिष्ट समेत ३ जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

यातायात व्यवस्था कार्यालय र सवारी चालक अनुमतिपत्र कार्यालयका कर्मचारीहरूले भारतीय सवारी चालकको नक्कली अनुमतिपत्रलाई आधार बनाएर मोटो रकम लेनदेन गरी नेपालीकरण गरेको पुष्टि भएको एउटा अभियोग लगाइएको छ ।

यसैगरी सेवाग्राहीसँग घुस रकम लिइरहेको बखत रंगेहात नियन्त्रणमा लिएको अर्को प्रमाणका आधारमा उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्तियारको दाबी छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदिप कुमार कोइरालाले बुधबार छुट्टाछुट्टै  जारी गरेको प्रेश विज्ञप्तीः

प्रेस विज्ञप्ति :- मिति २०७६।०६।०८ गते ।

———————————————

यातायात व्यवस्था कार्यालय, सवारीचालक अनुमतिपत्र,जगाती, भक्तपुरका कर्मचारीहरूले नक्कली भारतीय सवारीचालक अनुमतिपत्र मोटो रकम लेनदेन गरी नेपालीकरण गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा यातायात व्यवस्था कार्यालय, जगाती भक्तपुरका शाखा अधिकृत अनोजकुमार घिमिरे, शाखा अधिकृत कोमलराज निरौला र नायव सुब्बा हेम कुमार वस्नेतले सुन्दर अधिकारीद्वारा नक्कली भारतीय सवारीचालक अनुमतिपत्र नेपालीकरणको लागि पेश गरेको निवेदनअनुसार उक्त नक्कली भारतीय सवारीचालक अनुमतिपत्रलाई गलत ढंगले नेपालीकरण गरी गलत लिखत तयार गर्ने कसुर गरेको प्रमाणित हुन आएकोले निजहरु शाखा अधिकृत अनोजकुमार घिमिरे, शाखा अधिकृत कोमलराज निरौला र नायव सुब्बा हेम कुमार वस्नेतलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको कसुरमा सोही ऐनको दफा ९ बमोजिम सजाय हुन मागदावी लिइएको ।

साथै निज सुन्दर अधिकारीको हकमा सवारीचालक अनुमतिपत्रको नेपालीकरणका लागि नक्कली भारतीय सवारीचालक अनुमतिपत्र र दूतावासको नक्कली सिफारिस पेश गरी निजको नाममा नेपाली सवारीचालक अनुमतिपत्र समेत तयार भएको हुँदा निज सुन्दर अधिकारीले मतियारको कसुर गरेको प्रमाणित हुन आएकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिवन्धात्मक वाक्यांशमा उल्लेख भएअनुसार भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिम सजाय हुन मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

प्रवक्ता

प्रदिपकुमार कोइराला

प्रेस विज्ञप्ति :- मिति २०७६।०६।०८ गते ।

——————————————
यातायात व्यवस्था कार्यालय सेतीका निमित्त कार्यालय प्रमुख गंभिर सिंह बिष्ट, अधिकृत(सातौं) भुवन जोशी र अधिकृत( छैठौं) जयराज कारीगरले सेवाग्राहीको सवारी साधन बिक्री गरी नामसारी गरी दिए बापत सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरबाट खटिई गएको टोलीले निजहरू निमित्त कार्यालय प्रमुख गंभिर सिंह बिष्ट, अधिकृत(सातौं) भुवन जोशी र अधिकृत( छैठौं) जयराज कारीगरलाई सेवाग्राहीसँग घुस रिसवत वापत लिएको रू.१५,०००।-(पन्ध्र हजार) सहित रंगेहात नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको क्रममा निजहरू निमित्त कार्यालय प्रमुख गंभिर सिंह बिष्ट, अधिकृत(सातौं) भुवन जोशी र अधिकृत( छैठौं) जयराज कारीगरले एक आपसमा मिलेमतो गरी सेवाग्राहीलाई दु:ख हैरानी दिई काममा आलटाल गरी गाडी बिक्री गरी नाससारी गरिदिएबापत रू.१५ हजार घुस रकम माग गरी लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको स-प्रमाण पुष्टि हुन आएकोले निजहरूलाई विगो रू.१५,०००।–(पन्ध्र हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम जरिवाना र कैद सजायको मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ आजै

कार्यान्वयन हुने किसिमका नीति तथा कार्यक्रम ल्याउन सुझाव

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

मानव वन्यजन्तु द्वन्द्व अन्त्य गर्न प्राविधिक समितिको कार्यदल गठन

युवा, श्रम तथा रोजगार मन्त्रालय मातहतका कर्मचारीका लागि नयाँ आचारसंहिता लागू

महाकाली पुल निर्माण विवादः पाटन उच्च अदालतद्वारा अन्तरिम आदेश जारी

इरानमा पक्राउ परेका झा थुनामा, निष्पक्ष सुनुवाइका लागि कूटनीतिक पहल जारी

दुग्ध विकास संस्थानको क्षमता विस्तारका लागि प्रदेश सरकारसमक्ष प्रस्ताव

राष्ट्रिय आर्थिक गणनाः करिब ८७ प्रतिशत सम्पन्न

रिट दर्तासम्बन्धी आदेशको विषय संसद्मा प्रवेश

प्रतिनिधिसभा नियमावलीको मस्यौदामाथि सैद्धान्तिक छलफल

पूर्वाधार विकास र बजेट कार्यान्वयन प्रभावकारी बनाउन सांसदहरूको जोड