
काठमाडौं : उदयपुरको कटारी लिम्पाटार स्थायी घर भएका ३२ वर्षीय दलबहादुर परियारको अरिङ्गालको टोकाइबाट मृत्यु भएको छ ।
बुधवार मध्यान्ह घर नजिकै अरिङगाल बसेको चिलाउनेको रुखमा रहेको गोलोमा आगो लगाउने क्रममा निज परियारलाई धेरै अरिंगालले एकैपटक टोकेको थियो । घाइते भएका परियारको उपचारको लागी कटारी अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।
यसअघि असोज ५ गते गुल्मीको रुरु गाउँपालिका स्थायी घर भएका १२ वर्षिय पवन अधिकारीको पनि बिद्यालयबाट घरमा फर्किने क्रममा अरिङगालकै टोकाईबाट मृत्यु भएको थियो ।