
काठमाडौः नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेपालका लागि अमेरिकि राजदुत र्याण्डी डब्लु बेरि बीच बिहिबार भेटवार्ता भएको छ।
सभापति देउवाको निजी निवास बुढानिलकण्ठमा भएको भेटमा पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा छलफल भएको सभापति देउवाका स्वकिय सचिव भानु देउवाले बताएका छन् ।
चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुखको तीनदिने नेपाल भ्रमण पश्चात सत्तारूढ (नेकपा)सँग ६ बुँदे सम्झौता गरेसँगै अमेरीकी राजदूतसँग सभापति देउवाले छलफल गरेका हुन् ।