सदाबहार खबरको रफ्तार ....
असोज १७, २०८१ बिहिबार
October 3, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

बालसाहित्य सम्मेलन काठमाडौँमा सुरु

२०८१ असोज ५, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, असोज ५ गते । बालसाहित्यको महत्व उजागर तथा पठन संस्कृति प्रवर्धन गर्ने उद्देश्यसहित राजधानी काठमाडौँमा दुईदिने प्रथम अन्तर्राष्ट्रिय बालसाहित्य सम्मेलन सुरु भएको छ  । शुक्रबारदेखि सुरु भएको सम्मेलनमा नेपालबाट दुई सयभन्दा बढी र बाहिरबाट १० देशका ३१ जना विदेशी सर्जकको सहभागिता रहेको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले नेपालमा पहिलो पटक विभिन्न भाषामा यस्तो कार्यक्रम हुन लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “विभिन्न देशका आफ्नो भाषामा जसरी कार्यपत्र प्रस्तुत भएका छन्, त्यो एकदमै महत्वपूर्ण छ ।” जापानका प्रतिनिधि आरोही सुनिजु, भारतका दीपा अग्रवाल, बङ्गलादेशका होमायुकुमार डाली, श्रीलङ्काका चुलानन्द राजापटनायकेलगायतको सहभागिता रहेको छ ।

सम्मेलन नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल बालसाहित्य समाज र रुम टु रिडद्वारा संयुक्त रूपमा आयोजित सम्मेलनमा बालसाहित्यसम्बन्धी पुस्तक प्रदर्शनी, कथावाचन, बालचित्रकला प्रदर्शनी तथा समूहगत छलफल गरिएको छ । सम्मेलनको दोस्रो दिन काठमाडौँ घोषणापत्र जारी गरिने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई

कवि विमल निभाको कवितासंग्रह ‘सत्र भोका काग’ सार्वजनिक

वरिष्ठ पत्रकार विजय चालिसेको ‘युगसन्धि’ उपन्यास सार्वजनिक

डा.रेणुका सोलुको एघाराैं कृति ‘तुइन जिन्दगी’ लाेकार्पण

बखतबहादुरको उपन्यास ‘भ्या’ लोकार्पण

समाजलाई साहित्यले विशिष्ट रूपमा देखाउँछ : मन्त्री पाण्डे

‘अमेरिकाको सङ्क्षिप्त इतिहास र संविधान’ पुस्तक सार्वजनिक

भैरव पुरस्कार गुठीद्वारा तीन पुरस्कार घोषणा

राष्ट्रपति पौडेलबाट दश स्रष्टा सम्मानित

राष्ट्रकवि पुरस्कार वरिष्ठ गीतकार खरेललाई

नयाँघरेको नयाँ निबन्धसंग्रह ‘आगोको बीउ’

डोटी साहित्य उत्सव ३ असोजमा, पदमराज जोशी र निर्मलकुमार भण्डारी सम्मानित हुने