काठमाण्डौं : गएराती करीब ११ बजेको समयमा गाई काटेको सुचनाको आधारमा गाईको मासु सहित ३ जनालाई ईलाका प्रहरी कार्यालय धनौलीले पक्राउ गरेको छ ।
नेपालगंजदेखी करीब ८ किलो मिटर पश्चिम गुलरिया सडकखण्ड नजिकै रहेको खजुरा-७ बठवाको खेती ईलाकामा गाई काटिरहेको भन्ने सूचना पाएपछि प्रहरी निरीक्षक पोषण थपलियाको टोलिले ३ जना सल्मान खाँ, वर्षाती खाँ र सरिफ खाँ लाई घरमा लगेको ५० किलो मासु सहित पक्राउ गरेको ई.प्र.का धनौलिले जनाएको छ ।
उक्त स्थानमा प्रहरी पुग्दा गाई काटेर मासु घरघरमा लगिसकेको अवस्थामा निजहरु पक्राउ परेका हुन । घटनामा संलग्न एक जना फरार रहेका छन् । घटनास्थलबाट गाईको टाउको र खुट्टा फेला परेको थियो भने पक्राउ तीनै जनाविरुद्ध गौ हत्या सम्बन्धि मुद्धा चलाउने प्रहरी निरीक्षक थपलियाले बताउनुभयो ।
