सदाबहार खबरको रफ्तार ....
असोज १७, २०८१ बिहिबार
October 3, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सबै परीक्षा स्थगित गर्ने सरकारको निर्णय

२०८१ असोज १२, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः अविरल वर्षाका कारण बाढी, डुबान र पहिरोका कारण विद्यार्थीको आवत-जावत प्रभावित भएकाले हाल जारी सबै परीक्षाहरू स्थगित गर्ने निर्णय भएको छ ।

प्रधानमन्त्री कार्यालयमा शनिबार कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा बसेको बैठकले हाल जारी परीक्षा स्थगित गर्ने निर्णय लिएको हो ।

सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले परीक्षा स्थगित गर्ने निर्णय लिएको जानकारी दिए । ‘हाल भइरहेका परीक्षा स्थगित गर्ने निर्णय भएको छ,’ गुरुङले भने ।

विद्यालय भवन डुबानमा परेको, सडक अवरुद्ध भएको लगायतका रिपोर्ट आएपछि सरकारले परीक्षा स्थगित गर्ने निर्णय लिएको हो । कुन-कुन परीक्षा संचालनमा थिए र स्थगित गरिएको भन्ने सूचना शिक्षा मन्त्रालयले जारी गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अतिरिक्त कक्षाका नाममा शुल्क लिने निजी विद्यालयलाई महानगरले पठायो पत्र

आइतबारदेखि तीन दिन विद्यालय बन्द गर्न स्थानीय तहलाई सरकारको आग्रह

एन्फा एकेडेमीका ६ विद्यार्थी पहिरोमा पुरिएको आशंका

बालविकास शिक्षालाई १ बर्षे बनाउन गृहकार्य गरिरहेको शिक्षामन्त्रीको उद्घोष

गाजाको विद्यालयमा भएको इजरायली आक्रमणमा सातको मृत्यु

काठमाडौँ विश्वविद्यालयमा तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

बहिरा विद्यार्थीको भविष्य कोर्दै बहिरा शिक्षिका गौतम

त्रिविका परीक्षामा एआई प्रयोग गरेको भेटिएमा परीक्षा रद्द हुने

बत्ती कात्ने सीप सिकाउँदै सामुदायिक विद्यालय

त्रिविले २०५८ सालदेखिका परीक्षार्थीलाई मौका परीक्षाको अवसर दिने

विद्यालयमा गर्मीले विद्यार्थी बेहोस हुन थालेपछि रौतहटमा बिहानमा कक्षा सञ्चालन

एसइईको पुरक परीक्षाको नतिजा सार्बजनिक, ५६.७८ प्रतिशत उत्तीर्ण