सदाबहार खबरको रफ्तार ....
असोज १७, २०८१ बिहिबार
October 3, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

फोनपे र कर्मचारी सञ्चयकोषको साझेदारी, कोष सदस्यहरूको लागि डिजिटल भुक्तानी सुविधा

२०८१ असोज १३, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः फोनपे पेमेंट सर्भिस लिमिटेड र कर्मचारी सञ्चय कोष (इपीयफ) बीच, एपीआइ (API) आधारित होस्ट-टु-होस्ट (H2H) भुक्तानीको सुविधा प्रदान गर्न एक महत्वपूर्ण साझेदारी भएको छ।

यो इन्टेग्रेशनले, कर्मचारी सञ्चय कोषको एर्प इ.आर.पी. प्रणालीलाई फोनेपेको भुक्तानी प्रणालीसँग जोडेको छ । यसो गर्दा, कर्पोरेट भुक्तानीहरु जस्तै, व्यवसायदेखि ग्राहक, व्यवसायदेखि व्यवसाय र व्यवसायदेखि सरकारसम्मको भुक्तानी सरल अनि सजिलो भएको छ साथै, यो व्यवस्थाले फोनपेको इन्टरओपरेबल बिलर प्लेटफर्म मार्फत सापटीहरूबाट प्राप्त रकम संकलन गर्न कर्मचारी सञ्चय कोषलाई सक्षम बनाउनेछ।

यस रणनीतिक साझेदारीको फलस्वरुप, अब कर्मचारी सञ्चयकोषमा आबद्ध सदस्यहरूले, मोबाइल बैंकिङ एप्स, इन्टरनेट बैंकिङ, र ओम्नि च्यानल वेबसाइटहरू मार्फत सजिलै आफ्नो भुक्तानी गर्न सक्ने छन् ।आधुनिक डिजिटल भुक्तानी पूर्वाधारस जस्तै होस्ट-टु-होस्ट भुक्तानी इन्टेग्रेशनले कर्पोरेट भुक्तानीहरुको साथ-साथै विभिन्न वित्तीय प्रक्रियाहरूलाई पनि सरल बनाउने गरेको छ।

कर्मचारी सञ्चय कोषसँगको यो साझेदारी, प्रयोगकर्ताहरूको लागि वित्तीय पहुँच र दक्षता बढाउने फोनपेको लक्ष्य संग प्रतिबद्ध रहेको भन्दै फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमारले भने, ‘हामीले डिजिटल भुक्तानी समाधानहरूलाई एकीकृत गरेर, प्रयोगकर्ताहरूलाई केवल सुविधा मात्र दिइरहेका छैनौं। हामी डिजिटल नेपाल बनाउने लक्ष्यमा पनि सक्रिय रूपमा योगदान गरिरहेका छौं। यो साझेदारीले,हाम्रो प्रतिबद्दता अनुरुप, वित्तीय सेवाहरूलाई सबै नेपालीहरूको लागि थप पहुँच योग्य र ग्राहक मैत्री बनाएको छ । हामीले यस साझेदारी मार्फत धेरै नयाँ भुक्तानी समाधानहरू पनि प्रस्तुत गर्ने लक्ष्य राखेका छौं।’

कर्मचारी सञ्चय कोषका कार्यवाहक प्रमुख प्रबन्धक दर्शन भट्टराईले फोनपेसँगको सहकार्य हाम्रो वित्तीय सेवाहरूलाई आधुनिकीकरण गर्ने रणनीतिक कदम भएको बताए। कर्मचारी सञ्चय कोषअन्तर्गत सापटीहरुमा डिजिटल भुक्तानी सेवा सुचारुले हाम्रो सदस्यहरूको भुक्तानी प्रक्रियालाई सहज र छिटो बनाउनेमा उनले विश्वास व्यक्त गरे।

यस साझेदारीले,योगदानकर्ताहरूलाई फाइदा पुर्याउने नवीन समाधानहरू अपनाउने प्रतिबद्धतालाई दर्साएको उनको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

नेपाल टेलिकमले ल्यायो दसैँ अफर

कार्यालयमा बागमतीको बाढी पसेपछि एपीवान टिभीको प्रशारण रोकियो

साओमी नेपालको चाडपर्व अफर, रेड्मी फोन किन्दा ४ हजारसम्म छुट

पन्ध्रौँ इक्यान शैक्षिक मेला असोज १३ गते

टेलिफोन सेवा नियमित गर्न विद्युत् जडान सुरु

लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध

नेपाल टेलिकमको संविधान दिवशमा अफरको घोषणा

सामाजिक सञ्जालमार्फत अराजक गतिविधि गरेको आरोपमा पक्राउ

सिटी एक्सप्रेसको दशैं-तिहार योजना सार्वजनिक

साना डिजिटल कारोबारलाई निःशुल्क बनाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अकोराबको निर्वाचनमा सहकार्य गर्ने ५ पत्रकार संगठनको निर्णय

ब्राजिलमा मस्कलाई ठुलो झट्का, ३० लाख डलर जरिवाना तिर्न अदालतको आदेश