सदाबहार खबरको रफ्तार ....
असोज १७, २०८१ बिहिबार
October 3, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

चितवनमा साउनयता स्क्रब टाइफसबाट २२९ संक्रमित, एकको मृत्यु

२०८१ असोज १४, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

चितवन, १४ असोजः गत साउनयता जिल्लामा दुई सय २९ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको छ । संक्रमितमध्ये खैरहनी नगरपालिका-२ मा एक ६० वर्षीया महिलाको गत भदौमा मृत्यु भएको जिल्ला जनस्वस्थ्य कार्यालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत विमल पट्टेलले जिल्लाका विभिन्न अस्पतालमा साउनयता उपचारका लागि आएका एक हजार ८१५ बिरामीको परीक्षणका क्रममा २५९ जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको जानकारी दिनुभयो । सङ्क्रमितमध्ये १३० जना चितवनका रहेका छन्भने १२९ जना जिल्लाबाहिरका रहेका उहाँले बताउनुभयो ।

गत आर्थिक वर्षमा ७६२ जनाको परीक्षणका क्रममा २४८ जनामा स्क्रब टाइफस देखिएको थियो । यो रोग मुसा वा अन्य जीवजन्तुमा हुने सङ्क्रमित किर्नाले मानिसलाई टोकेपछि सर्ने गर्दछ । यसबाट संक्रमण भएमा मानिसलाई उच्च ज्वरो आउने, आँखा रातो हुने, खोकी, बान्ता, पेट दुखाइ र पखालाले सताउने, सास फेर्न समस्या हुन, टाउ, जोर्नी र मांसपेशी दुख्ने, बिमिरा देखिने, टोकेको ठाउँमा कहिलेकाहीँ कालो दागजस्ता लक्षण देखिने गर्दछन् ।

यस रोगबाट बच्न खेत, झाडी वा वनजङ्गलमा जाँदा लामो बाहुला भएको कपडा र उपयुक्त जुत्ता लगाउने, शरीरको खुला भागमा कीटनाशक मलमको प्रयोग गर्ने, घर वरिपरिका खेताबारीमा घाँस धेरै बढ्न नदिने र वातावरण सफा राख्ने, मुसा नियन्त्रणका लागि उपयुक्त किसिमको अन्न भण्डारण गर्नुपर्ने पट्टेलले बताउनुभयो ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

विपद्बाट घाइते भएका कोही पनि उपचारबाट बञ्चित हुनुपर्दैनः स्वास्थ्य

घटेन गण्डकीमा डेङ्गी सङ्क्रमण

‘लुम्बिनी प्रदेश सरकारले सामुदायिक अस्पतालसँग सहकार्य गर्ने’

चिकित्सक सङ्घको चौथो राष्ट्रिय स्वास्थ्य सम्मेलन मंसिर २८मा

कोरोना विरुद्ध ‘फाइजर’ खोप लगाइँदै

म्याग्दीको मुदीमा स्वास्थ्यचौकी भवन निर्माण

बाढी पहिरोपछि संक्रमण फैलन नदिन सर्वपक्षीय बैठक, काठमाडौँमा सतर्कता

स्वास्थ्य मन्त्रालयको परिसरमै डेङ्गी फैलाउने लामखुट्टेको बासस्थान !

सरुवा रोग अस्पतालको निर्माण कार्यले गति लिदै

पर्सामा बने दुई अस्पताल, दुई अधुरै

गण्डकी प्रदेशका स्वास्थ्यमन्त्रीको स्वास्थ्य क्षेत्र सुधार कार्ययोजना सार्वजनिक

सुत्नुअघि दुधमा यी चीज मिलाएर खानुस्