सदाबहार खबरको रफ्तार ....
असोज १७, २०८१ बिहिबार
October 3, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

काठमाडौंमा यति डुबान हुने गरी वर्षा होला भन्ने कल्पना गरिएको थिएन : प्रधानमन्त्री, केपी शर्मा ओली (अन्तवार्ता)

२०८१ असोज १४, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पत्रकार:  तपाईं अमेरिकामा हुँदा नेपालमा अविरल वर्षा भयो, समयमै सरकारले उद्धार गरेन भन्ने गुनासा छन्। जनताहरू नेपालमा सरकार नै छैन भन्छन्, भ्रमण छोट्याएर तपाईं किन स्वदेश फर्कनु भएन?

प्रधानमन्त्री : प्रश्न पुग्यो। म फर्किएर आएँ, ठिक छ।

पत्रकार: प्रधानमन्त्रीज्यू, विपद्का बेला सरकारको भूमिका देखिएन भन्ने छ, के भन्नुहुन्छ?

प्रधानमन्त्री: विरोधका लागि विरोध होला। सरकारले गर्नेसम्मको प्रयास गर्‍यो। तत्काल बैठक गरेर सेना, प्रहरी परिचालन गरेर उद्धार गर्‍यो। अब बाढी आउने कुरालाई त रोक्न सकिँदैनथ्यो। उद्धार गर्ने र राहत पुर्‍याउने कुरा हो। पूर्वसूचना गरेर पहिरो जाँदैन। पहिरो गएपछि क्षति पुर्‍याउने नै भयो। त्यसमा सरकारले तदारूकताका साथ उद्धार कार्य र राहत कार्य पुर्‍याउने हो, त्यो पुर्‍याएको छ भन्ने मलाई लाग्छ। मैले बाहिरै हुँदा पनि यस विषयमा जानकारी लिँदै आएको छु। निर्देश गर्दै आएको छु। मैले जानकारी पाएअनुसार आफ्नो बुताअनुसार गरेको छ। संवेदनशील बेलामा सबै मिलेर चल्नु राम्रो हुन्छ, विरोधका लागि विरोध गर्ने होइन।

पत्रकार: तपाईं स्वदेश आइसक्नुभयो अब के हुन्छ सरकारको भूमिका?

प्रधानमन्त्री : अझ प्रभावकारी ढंगले उद्धार, राहत र पुनर्स्थापनाका कामहरू अघि बढ्छ।

पत्रकार: संयुक्त राष्ट्रसंघमा तपाईंको सम्बोधनले मुलुकलाई के अर्थ राख्छ?

प्रधानमन्त्री : म कुनै भैंसी दुहुन गएर दूध लिएर आएँ भनेजस्तो होइन। हाम्रा विचार, समस्याहरू त्यहाँ राख्न गएको हो, राखियो। यी समस्याहरू एउटा देशका मात्र होइन, सबैका हुन्। सबै देश मिलेर समाधान गर्नुपर्छ भन्ने कुरा भयो। अल्पविकसित देशहरूले क्षति र मार सहनु परेको छ, त्यसमा विश्वसमुदायको ध्यान जानुपर्छ।

पत्रकार: विपद आउँदैछ भनेर सरकारी संयन्त्रले नै ५६ जिल्लामा रेड अलर्ट गरेको थियो, सरकारले पूर्वतयारी किन गरेन?

प्रधानमन्त्री : एउटा कुरा तपाईंलाई सोध्न चाहन्छु- रेड अलर्ट भनेर पूर्वानुमान गरेको छ हो,  तर कहाँ-कहाँ पहिरो जान्छ त भनेको थिएन। पहिरो गएपछि न थाहा भयो। काठमाडौंमा यति डुबान हुने गरी वर्षा होला भन्ने कल्पना पनि थिएन, यस्तो कुरालाई वस्तुपरक ढंगले लिनुपर्छ।

पत्रकार: मेयर बालेन शाहले खोला किनारामा संरचना बनाउँदा डुबान भयो भन्दै आएका छन्, के बालेनका कुरा ठिक हो भनेर नागरिकले बुझ्नुपर्ने हो?

प्रधानमन्त्री ओली: हा हा राम्रो प्रश्न, धन्यवाद।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

रवि लामिछाने क्लबबाट रास्वपा सुरक्षित छैन : रास्वपा, संस्थापक महामन्त्री, डा. मुकुल ढकाल (अन्तवार्ता)

राष्ट्रसङ्घको महासभामा यसपटक नेपाल सुनिने र देखिने गरी प्रस्तुत हुन सफल भएको छ : प्रधानमन्त्रीका मुख्य सल्लाहकार, विष्णुप्रसाद रिमाल (अन्तवार्ता)

मेरो भूमिकालाई निष्पक्ष ढंगले नहेर्नु दृष्टिदोष हो : सभामुख, देवराज घिमिरे (अन्तवार्ता)

नेपालले अमेरिकाले प्रदान गरेको फाइदाहरूको पूर्ण रूपमा लाभ उठाउन नसक्नुपर्ने कुनै कारण छैन : अमेरिकी राजदूत, डिन रिचर्ड थम्पसन (अन्तवार्ता)

स्थानीय तहहरूलाई दल विहीनताको आधारमा चुनाव गराउनुपर्छ : जसपा अध्यक्ष, उपेन्द्र यादव (अन्तर्वार्ता)

संविधान जारी भएपछि प्रदेशमा थुप्रै उपलब्धिहरू भएका छन् : मुख्यमन्त्री लामा (अन्तवार्ता)

संविधान कार्यान्वयनमा सबैको सहयोग चाहिन्छ : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री, अजयकुमार चौरसिया (अन्तवार्ता)

पालिकामा निमित्त दिने अभ्यास हटाएरै छाड्छु : मन्त्री गुप्ता (अन्तवार्ता)

प्रदेश बलियो बनाउन संविधानको पूर्ण कार्यान्वयनका लागि पहलकदमी लिएका छौंः मुख्यमन्त्री, चेतनारायण आचार्य (अन्तवार्ता)

संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ : सभामुख, देवराज घिमिरे (अन्तवार्ता)

संविधानलाई अझै प्रगतिशील ढङ्गले परिस्कृत गर्ने कुरामा कसैको विमति हुँदैन : माओवादी उपमहासचिव, शक्ति बस्नेत (अन्तवार्ता)

सहकारी सञ्चालकले बचतकर्ताको पैसा लिएर आफन्तको नाममा घरजग्गा जोडे : संसदीय छानबिन विशेष समिति सभापति, सूर्य थापा (अन्तवार्ता)