सदाबहार खबरको रफ्तार ....
असोज १७, २०८१ बिहिबार
October 3, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

बङ्गलादेशमा विद्युत् निर्यात गर्न बिहीबार सम्झौता हुने

२०८१ असोज १५, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः बङ्गलादेश विद्युत् निर्यातलाई अन्तिम टुङ्गोमा पुर्‍याउने उद्देश्यसहित मङ्गलबारदेखि नेपाल बङ्गलादेश दुई देशीय संयन्त्रको बैठक आजदेखि राजधानीमा सुरु हुँदै छ ।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता चिरञ्जीवी चटौतका अनुसार मङ्गलबार र बुधबार दुई देशका ऊर्जा सहसचिवस्तरीय संयुक्त कार्यदलको बैठक बस्ने छ । बिहीबार भने सचिवस्तरीय संयुक्त निर्देशन समितिको बैठक बस्ने चटौतले जानकारी दिनुभयो ।

आपसी सहकार्य र सम्बन्ध विस्तारका लागि नियमित बस्दै आएको यो बैठकका अवसरमा यस पटक नेपालको विद्युत् बङ्गलादेश निर्यात गर्न नेपाल–भारत र बङ्गलादेशका सम्बन्धित निकायका अधिकारीबिच त्रिपक्षीय सम्झौता गर्ने तयारी रहेको उहाँले जानकारी दिनुभयो ।

बिहीबार नेपाल विद्युत् प्राधिकरण, बङ्गलादेश पावर डेभपलमेन्ट बोर्ड (बिपिडिबी) तथा भारतको एनटिपिसी विद्युत् व्यापार निगम (एनभिभिएन) बिच त्रिपक्षीय ऊर्जा बिक्री सम्झौता हुने छ । नेपालले विद्युत् बिक्री गर्ने, भारतको प्रसारण लाइन हुँदै लैजानुपर्ने र बङ्गलादेशले त्यो खरिद गर्ने भएकाले तीन देशका निकायबिच त्रिपक्षीय सम्झौता हुन लागेको हो ।

सम्झौतामा विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, बिपिडिबीका अध्यक्ष मोहम्मद रेजुल करिम तथा एनभिभएनका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रेनु नारङ्गले हस्ताक्षर गर्ने तय भएको उहाँले जानकारी दिनुभयो । गोरखापत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

आजबाट बडादसैं सुरु, पहिलो दिन घटस्थापना

कोशीमा कांग्रेसको माग, ‘नागरिकलाई दसैंमा घर जाने सहज वातावरण बनाउनु’

नागढुंगा-मुग्लिन सडकमा ५ सय पहिरो, त्रासमा यात्रा

प्रधानन्यायाधीशमा राउत सर्वसम्मत अनुमोदित

छोराछोरी विदेश भएका २२ प्रतिशत ज्येष्ठ नागरिकमा एक्लोपनको गम्भीर समस्या

सडक मर्मतमा सेनाको सहयोग लिने तयारी

उमेर हदबन्दी विवादले अखिल क्रान्तिकारीमा ‘भद्रगोल’

ललितपुरमा मृत्यु हुनेको संख्या ४३ पुग्यो

बाटोको अवस्था हेरी टिकट काट्न आग्रह

नेपालको उत्पादन अब थाई बजारमा

बाढीपीडितलाई राष्ट्रिय वाणिज्य बैंकको दुई करोड सहयोग

कृषिमा छ अर्बको क्षति