सदाबहार खबरको रफ्तार ....
असोज १७, २०८१ बिहिबार
October 3, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

एभरेष्ट महिला भलिबल लिग: चितवनको विजयी शुरुवात

२०८१ असोज १५, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः एभरेष्ट महिला भलिबल लिग अन्तर्गत गएराती सम्पन्न खेलमा चितवन शक्तिले गण्डकी थण्डर्सलाई पराजित गरेको छ । राति सम्पन्न खेलमा चितवनले गण्डकीलाई ३-१ को सेटले पराजित गरेको हो ।

चितवनले पहिलो सेट २५-२२ ले जितेको थियो भने गण्डकीले दोस्रो सेट २५-१९ ले जितेको थियो । त्यसपछि चितवनले शानदार कमब्याक गर्दै तेस्रो सेट २५-२३ र चौथो सेट २५-१८ ले जितेको थियो ।

यस खेलमा उत्कृष्ट प्रदर्शन गरेकी चितवनकी सलिना बुढा मगर खेलको प्लेयर अफ द म्याच बनेकी थिइन् । यस अघि सोमबार ललितपुर र कर्णालीले आ-आफ्नो खेल जितेका थिए ।

लिगमा आज पनि तीन खेल हुदै छन् । जस अन्तर्गत पहिलो खेल गण्डकी र कर्णालीबीच अपराहन्न ३; ४५ बजेदेखि हुने छ भने दोस्रो खेल काठमाडौँ र चितवनवीच ५: ४५ बजेदेखि शुरु हुने छ । त्यस्तै तेस्रो खेल ललितपुर र मधेशबीच ७: ४५ बजेदेखि शुरु हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

बाढीपहिरोबाट खेलकुद क्षेत्रमा क्षति

टि-ट्वान्टी क्रिकेट: नेपालद्वारा ओमान पराजित

एभरेष्ट महिला भलिबल लिगमा कर्णाली विजयी

दिपेन्द्र आइसीसीको टी-२० अलराउण्डरको वरियतामा दोस्रो स्थानमा उक्लिए

बाबर आजमले दिए कप्तानीबाट राजीनामा

नेपालले आज ओमानविरुद्ध खेल्दै

क्यानडासँग नेपाल फेरी पराजित

यस वर्षको प्रधानसेनापति ट्रफी सम्पन्न

फ्रेन्चाइज लिग भलिबल : कर्णालीको जीत

बंगलादेशविरुद्धको टेस्ट सिरिजमा भारतको क्लीन स्वीप

नेपालले आज क्यानडाको सामना गर्दै

पालमा पहिलो पटक आयोजित फ्रेन्चाइज भलिबलमा ललितपुरको जित