सदाबहार खबरको रफ्तार ....
असोज १७, २०८१ बिहिबार
October 3, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

चाँदीका गरगहनासहित एक जना पक्राउ

२०८१ असोज १५, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः पोखरा महानगरपालिका-३२ मजुवाबाट अवैध रूपमा ल्याएको ५ किलो ६ सय ९० ग्राम तौलको चाँदीका गरगहना सहित भारत पुर्वी चम्पारण सुगौली थाना-१० घर भई हाल कास्की पोखरा महानगरपालिका-९ नयाँबजार बस्ने ३५ वर्षीय चन्द्र भूषण प्रसादलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय शिसुवा कास्कीबाट खटिएको प्रहरीले पोखरातर्फ आउँदै गरेको मिनिबसमा सवार चन्द्र भूषणलाई लुकाई छिपाई ल्याएको उक्त तौलको विभिन्न चाँदीका गरगहना सहित पक्राउ गरेको हो । उनको साथबाट चाँदी जस्तो देखिने सेतो धातुको बुट्टावाला पाउजु १ सय ४० थान, झल्लार पाउजु १ सय ९२ थान, सादा पाउजु १ सय २५ थान, चन्द्रमा ५ थान, साडी पिन ११ थान र पाउजुको लक हुक ४ सय ९८ थान बरामद भएको हो ।

उनलाई उक्त गरगहना सहित थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

स्रोत नखुलेको ११ लाखसहित एक जना पक्राउ

काठमाण्डौंबाट जुवा खेलिरहेको अवस्थामा २९ जना पक्राउ

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट सात जना पक्राउ

घन प्रहार गरी हत्या गर्ने युवक पक्राउ

वैदेशिक रोजगारमा विभिन्न देशहरूमा पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ

प्रवेशाज्ञा अवधि बितेपछि स्वदेश नफर्केका १५ जना बङ्गलादेशी पक्राउ

सूर्य दर्शन सहकारीका थप एक प्रतिवादी गैह्रापाटनबाट पक्राउ

गैरकानुनी रुपमा नेपालमा बसिरहेका १५ जना बंगलादेशी नागरिक पक्राउ

अवैध सुनसहित भारतीय नागरिक हेटौँडा प्रहरीको नियन्त्रणमा

१२ लाखभन्दा बढी मूल्य बराबरको अवैध मोबाइल डिस्प्ले बरामद

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जडिबुटीस्थित होटलबाट जुवातास खेलिरहेका सात जना पक्राउ