सदाबहार खबरको रफ्तार ....
असोज १७, २०८१ बिहिबार
October 3, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

बाढीपहिरामा परी दुई १८ जनाको मृत्यु, २७ बेपत्ता

२०८१ असोज १५, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, १५ असोजः गृहमन्त्री रमेश लेखकले बाढीपहिरामा परी देशभर दुई १८ जनाको मृत्यु, २७ बेपत्ता र एकसय ४३ जना घाइते भएका जानकारी दिँदै विपद्पछिको प्रतिकार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको स्पष्ट पार्नुभएको छ ।

प्रतिनिधिसभा राज्यव्य तथा सुशासन समितिको आजको बैठमा उहाँले विपद्मा परेका नागरिकको खोज तथा उद्धार र राहतमा सरकार केन्द्रित भएको बताउनुभयो ।

उहाँले घाइतेको निःशुल्क उपचार र पहिरोका कारण अवरुद्ध मुख्य राजमार्ग र सहायक राजमार्ग खोलेर आवागमन सहज बनाउनेतर्फ सरकार केन्द्रित भएको जानकारी दिनुभयो । “खोज तथा उद्धार जारी छ । राहत सामग्री वितरणको कार्य पनि जारी छ । सरकारी अस्पतालमा घाइतेको निःशुल्क उपचार भइरहेको छ । राहत सामग्री परिचालन र पुनःस्थापनालाई प्रभावकारी बनाउन जिल्ला विपद् व्यवस्थापन समिति सक्रियतापूर्वक लागेका छन्”,उहाँले भन्नभुभयो ।

बैठकमा गृहमन्त्री लेखकले बाढीपहिरामा परी देशभर दुई १८ जनाको मृत्यु, २७ बेपत्ता र एकसय ४३ जना घाइते भएका जानकारी दिनुभयो । नेपाली सेना, नेपाल प्रहरी,सशस्त्र प्रहरी बल नेपाल र स्वयम्सेवकले विपद्मा फसेका चार हजार २२ जनाको उद्धार गरेका उहाँले बताउनुभयो ।

पचास वर्षपछि भारी वर्षा भएको जानकारी दिँदै उहाँले काठमाडौँ उपत्यका र बागमती प्रदेश बढी प्रभावित भएको बताउनुभयो । उद्धारमा नेपाली सेनाका तीन हजार नौ सय ६, नेपाल प्रहरीका १४ हजार आठ सय २ सशस्त्र प्रहरीका १२ हजार २३ जनशक्ति विपद्पछि खोज र उद्धारमा खटिएका उहाँले जानकारी दिनुभयो ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

प्रस्तावित प्रधानन्यायाधीशलाई सांसदको प्रश्न : न्याय महँगो छ, गरिबले कसरी न्याय पाउँछन् ?

प्रधानन्यायाधीशमा राउतको नाम अनुमोदन

वाग्मती प्रदेशसभाको चालु अधिवेशनको अन्त्य

राष्ट्रिय सभा अध्यक्ष दाहालद्धारा दुई विधेयक प्रमाणित

प्रस्तावित प्रधानन्यायाधीशमा राउतको सुनुवाइ प्रारम्भ

कर्णाली प्रदेशसभा अधिवेशन आज अन्त्य हुँदै

विपद् प्रभावितलाई तत्काल राहत सामग्री वितरण र पुनःस्थापना गर्न निर्देशन

सर्वोच्चको न्यायाधीशमा सिफारिस निरौला र पाण्डेविरुद्ध उजुरी आह्वान

दुई वटा संसदीय समितिको बैठक बस्दै

राज्य व्यवस्था समितिद्वारा प्राकृतिक विपतको मौका छोपेर हवाई भाडा नबढाउन निर्देशन

सक्रियतापूर्वक उद्धार र राहतमा जुट्न सभामुखको आह्वान

राष्ट्रिय निकुञ्ज क्षेत्रमा वन्यजन्तुको अब सङ्ख्या निर्धारण गरिनुपर्छ: समिति