सदाबहार खबरको रफ्तार ....
असोज १७, २०८१ बिहिबार
October 3, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सातै प्रदेशमा मुटु रोग उपचार विस्तार गर्ने गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको निर्णय

२०८१ असोज १५, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रले सबै प्रदेशमा पुर्याउने घोषणा गरेको छ ।

केन्द्रका अध्यक्ष एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको अध्यक्षतामा बसेको केन्द्र सञ्चालक समिति बैठकले हाल केन्द्रमार्फत बाग्मती प्रदेशमा उपलब्ध मुटु रोग उपचार सेवा अब थप ६ प्रदेशमा विस्तार गर्ने निर्णय गरेको हो ।

बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको योजनाअनुसार मुटु रोग उपचार सेवा विस्तार गर्ने निर्णय गर्दै यसका लागि काम अघि बढाउने घोषणा गरेको हो ।

अब मन्त्रालयसँगको समन्वयमा केन्द्रले थप ६ प्रदेशमा सेवा विस्तारको काम अघि बढाउनेछ । बैठकमा बोल्दै मन्त्री पौडेलले मन्त्रालयले सबै प्रदेशमा प्रादेशिक अस्पतालहरुमार्फत विशिष्टिकृत उपचार विस्तार गर्ने योजनाअन्र्तगत क्यान्सर उपचार शुरु भैसकेको भन्दै मुटु रोगको उपचारसमेत विस्तारको निर्णय गर्न प्रस्ताव गरेका थिए ।

मन्त्री पौडेलले गत साउन २७ गते सार्वजनिक गरेको योजना तथा प्राथमिकतामा विशिष्टिकृत उपचार सेवा प्रादेशिक अस्पतालहरुमार्फत विस्तार गर्ने घोषणा गरेका थिए । मन्त्रालयले हालै मात्र अर्थको स्वीकृतिपछि जलन उपचार सेवासमेत सबै प्रदेशमा आफ्नै श्रोतमा निःशुल्क रुपमा सञ्चालन गर्ने तयारी अघि बढाएको मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

घटेन गण्डकीमा डेङ्गी सङ्क्रमण

‘लुम्बिनी प्रदेश सरकारले सामुदायिक अस्पतालसँग सहकार्य गर्ने’

चिकित्सक सङ्घको चौथो राष्ट्रिय स्वास्थ्य सम्मेलन मंसिर २८मा

कोरोना विरुद्ध ‘फाइजर’ खोप लगाइँदै

म्याग्दीको मुदीमा स्वास्थ्यचौकी भवन निर्माण

बाढी पहिरोपछि संक्रमण फैलन नदिन सर्वपक्षीय बैठक, काठमाडौँमा सतर्कता

स्वास्थ्य मन्त्रालयको परिसरमै डेङ्गी फैलाउने लामखुट्टेको बासस्थान !

सरुवा रोग अस्पतालको निर्माण कार्यले गति लिदै

पर्सामा बने दुई अस्पताल, दुई अधुरै

गण्डकी प्रदेशका स्वास्थ्यमन्त्रीको स्वास्थ्य क्षेत्र सुधार कार्ययोजना सार्वजनिक

सुत्नुअघि दुधमा यी चीज मिलाएर खानुस्

सबै प्रदेशमा मुटुरोग उपचार सेवा विस्तार गर्ने गङ्गालाल हृदयरोग केन्द्रको निर्णय