सदाबहार खबरको रफ्तार ....
असोज १७, २०८१ बिहिबार
October 3, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

शिगेरु इशिबा औपचारिक रुपमा जापानको प्रधानमन्त्रीमा निर्वाचित

२०८१ असोज १५, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

टोकियो, १५ असोजः जापानको सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टीका नेता शिगेरू इसिबाले मङ्गलबार संसदको दुबै सदनबाट बहुमत प्राप्त गर्दै औपचारिक रुपमा जापनको प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको छ ।

नव-निर्वाचित इसिबाले देशमा बढ्दै गएको आर्थिक मन्दीको सम्बोधनका लागि अक्टोबर– २७ का लागि आकस्मिक निर्वाचन बोलाउन चाहेको बताउनुभएको छ ।

एलडिपीको बहुमत रहेको जापानी संसदले मङ्गलबार इसिबाको नियुक्तिलाई अनुमोदन गरेको छ भने बुधबार नयाँ मन्त्रीपरिषद् घोषणा गर्ने अपेक्षा गरिएको छ ।

पूर्व मुख्य क्याबिनेट सचिव कत्सुनोबु काटोलाई अर्थमन्त्री बन्ने सुझाव दिइएको तथा जनरल नाकातानीले रक्षा र ताकेसी इवायाको विदेश मामिला लिने स्थानीय सञ्चारमाध्यमले जनाएको छ ।

इसिबाको जितले “एलडिपीले अर्को राष्ट्रिय चुनावमा पार्टीलाई नेतृत्व गर्न मतदाताको अपिल भएको अनुभवी नेताको खोजी गरेको सङ्केत गरेको सेन्टर फर स्ट्रेटेजिक एन्ड इन्टरनेसनल स्टडीजका युको नाकानोले बताउनु भएको छ ।

सत्तारूढ गठबन्धनले नयाँ जनादेश प्राप्त गरे पछि इसिबाले मतदाताले महसुस गरेको आर्थिक स्थिरता र क्षेत्रीय सुरक्षा चिन्तासहित जापानका व्यापक चुनौतिहरूलाई सम्बोधन गर्दै पार्टीको आन्तरिक गतिशीलतालाई पुनः आकार दिने र जनताको विश्वास पुनःस्थापित गर्ने अवसर पाएको बताउनुभएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

लेबनान स्वास्थ्य प्रणाली समाधान गर्न सङ्घर्षरत छ : डब्ल्यूएचओ प्रमुख

इयूद्वारा लेबनानलाई दिने सहायतामा तीन करोड युरो वृद्धि

अष्ट्रेलिया सरकारको कडाइपछि विद्यार्थी भिसा आवेदनमा कमी

भ्रष्टाचार आरोपमा सिङ्गापुरका पूर्वमन्त्रीलाई जेल सजाय

इरानको गैर-आवश्यक यात्रा नगर्न सल्लाह भारतले जारी गर्यो एडभाइजरी

अफगानिस्तानमा बाढीका कारण १३ जनाको मृत्यु ,१६ घाइते

भारतमा हेलिकप्टर दुर्घटना हुदाँ तीन जनाको मृत्यु

इरानले इजरायलमाथि गरेको आक्रमणको विश्वव्यापी विरोध, संयमता अपनाउन आग्रह

इजरायलले गाजामा गरेको पछिल्लो आक्रमणमा ९ जनाको मृत्यु

इरानद्वारा इजरायलमा मिसाइल आक्रमण

अमेरिकी चुनावको बारेमा चिन्तित छैनः नेटो प्रमुख

इरानमा बाढीका कारण १५ जनाको मृत्यु , उद्धार अभियान समाप्त