सदाबहार खबरको रफ्तार ....
असोज १७, २०८१ बिहिबार
October 3, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

विपद् प्रभावितलाई तत्काल राहत सामग्री वितरण र पुनःस्थापना गर्न निर्देशन

२०८१ असोज १५, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, १५ असोज : प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिले बाढीपहिराका कारण सडक अवरुद्ध हुँदा विभिन्न राजमार्गमा अलपत्र यात्रीहरुलाई तत्काल उद्धार गरेर गन्तव्यमा पु-याउन सरकारलाई निर्देशन दिएको छ ।

समितिको आजको बैठकले अवरुद्ध राजमार्ग पुनःसञ्चालन तथा वैकल्पिक सहायक मार्गको उचित प्रबन्ध मिलाउन सरकारलाई निर्देशन दिएको हो ।

सडक यातायात अवरुद्ध भएका बेला अस्वाभाविक रुपमा हवाई भाडा वृद्धि भएकातर्फ सरकारको ध्यानाकर्षण गराउँदै हवाई भाडाको अनुगमन गर्न, सडकको पहुँच नपुगेको जिल्लामा हवाई यातायातको व्यवस्था गर्न, दैनिक उपभोग्य वस्तुको कालोबजारी, कृत्रिम अभाव र मूल्यवृद्धि हुन नदिन बजार अनुगमनलाई प्रभावकारी बनाउन सरकारलाई दिर्नेशन दिइएको समितिका सभापति रामहरि खतिवडाले जानकारी दिनुभयो ।

बैठकले सम्भव भएका सबै उपाय अवलम्बन गरी विपद् प्रभावितलाई राहत सामग्री वितरण र पुनःस्थापनाको काम अघि बढाउनसमेत निर्देशन दिएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

प्रस्तावित प्रधानन्यायाधीशलाई सांसदको प्रश्न : न्याय महँगो छ, गरिबले कसरी न्याय पाउँछन् ?

प्रधानन्यायाधीशमा राउतको नाम अनुमोदन

वाग्मती प्रदेशसभाको चालु अधिवेशनको अन्त्य

राष्ट्रिय सभा अध्यक्ष दाहालद्धारा दुई विधेयक प्रमाणित

प्रस्तावित प्रधानन्यायाधीशमा राउतको सुनुवाइ प्रारम्भ

कर्णाली प्रदेशसभा अधिवेशन आज अन्त्य हुँदै

बाढीपहिरामा परी दुई १८ जनाको मृत्यु, २७ बेपत्ता

सर्वोच्चको न्यायाधीशमा सिफारिस निरौला र पाण्डेविरुद्ध उजुरी आह्वान

दुई वटा संसदीय समितिको बैठक बस्दै

राज्य व्यवस्था समितिद्वारा प्राकृतिक विपतको मौका छोपेर हवाई भाडा नबढाउन निर्देशन

सक्रियतापूर्वक उद्धार र राहतमा जुट्न सभामुखको आह्वान

राष्ट्रिय निकुञ्ज क्षेत्रमा वन्यजन्तुको अब सङ्ख्या निर्धारण गरिनुपर्छ: समिति