सदाबहार खबरको रफ्तार ....
असोज १७, २०८१ बिहिबार
October 3, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

इरानमा बाढीका कारण १५ जनाको मृत्यु , उद्धार अभियान समाप्त

२०८१ असोज १५, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

तेहरान, १५ असोजः इरानको दक्षिणी सहरमा आएको आकस्मिक बाढीले छ जनाको मृत्यु भएको प्रारम्भिक तथ्याङ्कलाई अपडेट गर्दै कुल १५ जनाको मृत्यु भएको राष्ट्रिय सञ्चारमाध्यमले मङ्गलबार जनाएको छ ।

“हलिल नदीमा आएको बाढीकारण बेपत्ता हुनेमध्ये अन्तिम शव जिरोफ्टमा फेला परेपछि कुल १५ जनालाई मृत घोषित गरिएको छ”, आधिकारिक इर्ना समाचार समितिले बतायो । त्यससँगै खोजी र उद्धार अभियान समाप्त भएको इर्नाले जनाएको छ ।

सोमबारको बाढीमा परी मृत्यु भएका लगभग सबै इस्लामिक गणतन्त्रमा बसोबास गर्ने अफगान नागरिक रहेको इरानको आइएसएनए समाचार समितिले जनाएको छ ।

जिरोफ्ट सामान्य रूपमा सुख्खा दक्षिणी प्रान्त केरमानमा अवस्थित एउटा सहर हो ।

इरानले विगत एक दशकमा बारम्बार विनाशकारी बाढीको सामना गर्दै आएको छ । सन् २०२२ मा इरानको दक्षिणी क्षेत्रमा आएको भारी वर्षाले कम्तीमा ८० जनाको ज्यान लिएको थियो र करिब २० करोड डलरको क्षति भएको अनुमान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

लेबनान स्वास्थ्य प्रणाली समाधान गर्न सङ्घर्षरत छ : डब्ल्यूएचओ प्रमुख

इयूद्वारा लेबनानलाई दिने सहायतामा तीन करोड युरो वृद्धि

अष्ट्रेलिया सरकारको कडाइपछि विद्यार्थी भिसा आवेदनमा कमी

भ्रष्टाचार आरोपमा सिङ्गापुरका पूर्वमन्त्रीलाई जेल सजाय

इरानको गैर-आवश्यक यात्रा नगर्न सल्लाह भारतले जारी गर्यो एडभाइजरी

अफगानिस्तानमा बाढीका कारण १३ जनाको मृत्यु ,१६ घाइते

भारतमा हेलिकप्टर दुर्घटना हुदाँ तीन जनाको मृत्यु

इरानले इजरायलमाथि गरेको आक्रमणको विश्वव्यापी विरोध, संयमता अपनाउन आग्रह

इजरायलले गाजामा गरेको पछिल्लो आक्रमणमा ९ जनाको मृत्यु

इरानद्वारा इजरायलमा मिसाइल आक्रमण

अमेरिकी चुनावको बारेमा चिन्तित छैनः नेटो प्रमुख

अमेरिकामा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या १ सय १८ पुग्यो