सदाबहार खबरको रफ्तार ....
असोज १७, २०८१ बिहिबार
October 3, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

वीरगञ्ज नाकाबाट धान–चामल आयात घट्यो

२०८१ असोज १५, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

वीरगञ्ज (पर्सा), १५ असोजः वीरगञ्ज नाकाबाट चालु आर्थिक वर्षको दुई महिनामा धान–चामलको आयात घटेको छ । चालु आवको भदौसम्म रु ९६ करोड ३२ लाख ५६ हजारको रु दुई करोड ६३ लाख ३४ हजार सात सय ९० किलो धान आयात भएको छ ।

गत आवको सोही अवधिमा रु एक अर्ब ३१ करोड २९ लाख १० हजारको रु तीन करोड ७९ लाख ५१ हजार पाँच सय ६६ किलो धान आयात भएको थियो । गत आवको तुलनामा चालु आवको सोही अवधिमा धानको आयात ३० दशमलव ६१ प्रतिशतले घटेको हो ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले गत आवको तुलनामा चालु आवमा धान र चामलको आयातमा केही कमी आएको बताउनुभयो । चालु आवको भदौ मसान्तसम्ममा कनिका आयातमा पनि कमी आएको छ ।

चालु आवको भदौ मसान्तसम्ममा रु २२ करोड १७ लाख २८ हजारको १६ लाख ८८ हजार नौ सय किलो चामल तथा कनिका आयात भएको छ । गत आवको सोही अवधिमा रु २६ करोड पाँच लाख २७ हजारको २२ लाख तीन हजार नौ सय किलो चामल तथा कनिका आयात भएको थियो । गत आवको तुलनामा चालु आवको सोही अवधिमा २३ दशमलव ३७ प्रतिशतले चामल तथा कनिकाको आयात घटेको हो ।

चालु आवमा दुई महिनामा मकैको आयात पनि घटेको छ । भदौ मसान्तसम्ममा ६१ करोड २४ लाख ७८ हजारको एक करोड ५० लाख ३८ हजार किलो मकै आयात भएको छ । गत आवको सोही अवधिमा रु ६७ करोड ९७ लाख ६२ हजारको एक करोड ८६ लाख ९१ हजार सात सय १४ किलो मकै आयात भएको थियो । गत आवको तुलनामा चालु आवको सोही अवधिमा मकैको आयात १९ दशमलव ५५ प्रतिशतले घटेको हो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

टिकेन पुँजीबजारको उकालो यात्राः नेप्से परिसूचक २६ अङ्कले घट्यो

बाढीपहिरो र डुबानको असर परेन वीरगञ्जका दुवै भन्सार नाकामा

आँबुखैरेनीमा उत्पादित सयपत्री बिक्रीका लागि तयार

नौ महिनामा भित्रिए आठ लाख बढी विदेशी पर्यटक

चालु आर्थिक वर्षमा पाँच दशमलव एक प्रतिशत आर्थिक वृद्धि हुने विश्व बैंक प्रक्षेपण

नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत पुग्ने विश्वबैंकको प्रक्षेपण

कफीखेतीप्रति सिन्धुपाल्चोकका किसानको आकर्षण

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

जलविद्युत् आयोजनामा बाढीको कहर, ११०० सय मेगावाट विद्युत् प्रणाली बाहिर

११४ अङ्कले बढ्यो नेप्से, ७ अर्ब ६१ करोडको कारोबार

सुनचाँदीको मूल्यमा गिरावट, तोलाको कति पुग्यो ?

आज कति पुग्यो विदेशी मुद्राको विनिमय दर ?