सदाबहार खबरको रफ्तार ....
असोज १७, २०८१ बिहिबार
October 3, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

बाढी र पहिरो प्रभावित क्षेत्रमा सेनाको खोज र उद्धार

२०८१ असोज १५, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। नेपाली सेनाले अविरल वर्षापछि आएको बाढीबाट प्रभावित जिल्लाका एक सय ९४ स्थानबाट अन्य सुरक्षा निकायसँगको सहयोग, समन्वय र सहकार्यमा नौ सय ८९ जनाको सकुशल उद्धार गरेको छ।

सेनाले काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, सिन्धुली, रामेछाप, मकवानपुर, धादिङ, नुवाकोट, चितवन, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), प्युठान, पाल्पा, तनहुँ, बारा, रौतहट, सुनसरी, धनकुटा, तेह्रथुम, पाँचथर, उदयपुर र झापालगायत जिल्लामा खोज तथा उद्धार गरेको जनाएको छ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, यसअवधिमा करिब चार हजार जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। त्यसक्रममा ९६ वटा शव फेलापारी आवश्यक व्यवस्थापन गरेको छ । सेनाले हेलिकप्टरमार्फत सात सय ५१ जनाको उद्धार गरिएको तथा १४ वटा शव सम्बन्धित स्थानमा पुर्‍याइएको जानकारी दिएको छ।

हवाई साधनमार्फत सेनाले सात हजार ५३ केजी राहत सामग्री र एक हजार चार सय ५० लिटर डिजेल ढुवानी गरेको पनि निर्देशनालयले जनाएको छ। बाढी, पहिरो प्रभावित विभिन्न स्थानमा स्थानीयस्तरमा रहेका स्वास्थ्यकर्मी तथा केन्द्रीयस्तरबाट स्वास्थ्यकर्मी खटाइ प्राथमिक स्वास्थ्य उपचार प्रदान गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सेवा प्रवाह र राजश्व वृद्धिमा ध्यान दिन निर्देशन

गरिब र द्वन्द्वपीडितलाई निःशुल्क पठनपाठन

गर्भवतीको हेलिकप्टरबाट उद्धार

सडक मर्मत र यातायात सहज बनाउन भौतिक र रक्षामन्त्रीबीच छलफल

मधेस प्रदेश सरकारले बाढीपहिरो पीडितलाई एक लाख दिने

गृहमन्त्री लेखकद्वारा यातायात सहजरुपमा सञ्चालन गर्न यातायात व्यवसायीसँग छलफल

एआइको प्रयोग मानवताको साझा हितमा गरिनुपर्छ : मन्त्री डा राणा

सरकारले डिजिटल सार्वजनिक पूर्वाधार निर्माण गर्ने लक्ष्य लिएको छ : सञ्चारमन्त्री गुरुङ

सडक मर्मत र यातायात सहज बनाउन रक्षा र भौतिकमन्त्रीबीच छलफल

बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति साउदी राजपरिवारद्वारा दुःख व्यक्त

होटल सङ्घद्वारा राहत कोष स्थापना

सबै संयन्त्रलाई सतर्क रहन गृहमन्त्री लेखकको निर्देशन