सदाबहार खबरको रफ्तार ....
असोज १७, २०८१ बिहिबार
October 3, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

फ्रेन्चाइज लिग भलिबल : कर्णालीको जीत

२०८१ असोज १५, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, १५ असोज : नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाइज एभरेष्ट महिला भलिबल लिग प्रतियोगिताअन्तर्गत आज भएको खेलमा कर्णाली यसभिस विजयी भएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कर्भडहलमा आज भएको खेलमा कर्णालीले गण्डकी थन्डर्सलाई ३–२ को सेटमा पराजित गर्दै विजयी भएको हो ।

खेलमा कर्णालीले पहिलो सेट २५–१५ ले आफ्नो पक्षमा पार्‍यो । त्यस्तै खेलको दोस्रो र तेस्रो सेट भने गण्डकीले आफ्नो पक्षमा पार्‍यो । गण्डकीले खेलको दोस्रो सेट २५–२२ र २५–१७ ले आफ्नो पक्षमा पा¥यो । त्यसपछिको दुई सेटमा पुनरागमन गर्दै कर्णालीले प्रतियोगितामा जित हासिल गर्‍यो ।

कर्णाली खेलको चौथो सेट २५–१९ र पाँचौँ तथा अन्तिम निर्णायक सेट १५–१२ ले आफनो पक्षमा पार्दै जित हासिल गर्‍यो ।

इन्फिनिटी ड्रिम्स प्रालिको आयोजनामा नेपाली भलिबल इतिहामै पहिलो आयोजना भएको उक्त प्रतियोगितामा ६ फ्रेन्चाइज टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा काठमाडौँ स्पाइकर्ससँगै ललितपुर क्विन्स, मधेस युनाइटेड, चितवन शक्ति, गण्डकी थन्डर्स र टिम कर्णाली यसभिस रहेका छन् । हरेक टोलीमा विदेशी खेलाडीको सहभागिता रहेको छ ।

सहभागी सबै टोलीले एक अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोली उपाधिका लागि भिड्नेछन् । फाइनल खेल यही असोज १९ गते हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

बाढीपहिरोबाट खेलकुद क्षेत्रमा क्षति

टि-ट्वान्टी क्रिकेट: नेपालद्वारा ओमान पराजित

एभरेष्ट महिला भलिबल लिगमा कर्णाली विजयी

दिपेन्द्र आइसीसीको टी-२० अलराउण्डरको वरियतामा दोस्रो स्थानमा उक्लिए

बाबर आजमले दिए कप्तानीबाट राजीनामा

नेपालले आज ओमानविरुद्ध खेल्दै

क्यानडासँग नेपाल फेरी पराजित

यस वर्षको प्रधानसेनापति ट्रफी सम्पन्न

बंगलादेशविरुद्धको टेस्ट सिरिजमा भारतको क्लीन स्वीप

नेपालले आज क्यानडाको सामना गर्दै

एभरेष्ट महिला भलिबल लिग: चितवनको विजयी शुरुवात

पालमा पहिलो पटक आयोजित फ्रेन्चाइज भलिबलमा ललितपुरको जित