सदाबहार खबरको रफ्तार ....
असोज १७, २०८१ बिहिबार
October 3, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

कोरियाको राष्ट्रिय दिवसमा उपराष्ट्रपति सरिक

२०८१ असोज १५, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, १५असोज : उपराष्ट्रपति रामसहायप्रसाद यादव गणतन्त्र कोरियाको राष्ट्रिय दिवसका अवसरमा नेपालका लागि उक्त देशका राजदूत तेयोङ पार्कले आज यहाँ आयोजना गर्नुभएको स्वागत समारोहमा सरिक हुनुभयो ।

त्यस अवसरमा राजदूत तेयोङले हालैको बाढीपहिराबाट भएको अमूल्य जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै कोरिया सरकार र जनताका तर्फबाट हार्दिक सहानुभूति एवं ऐक्यबद्धता प्रकट गर्नुभयो ।

कोरिया र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पुगेको चर्चा गर्दै राजदूत तेयोङले द्विदेशीय मैत्री एवं सहयोग विस्तारका निम्ति आफू प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले नेपालमा अधिकभन्दा अधिक लगानी भित्र्याउन आफू क्रियाशील रहेको बताउँदै सामसङ र हुन्डेजस्ता ठूला कम्पनीका उत्पादन नेपालमा प्रारम्भ भएसँगै नेपालीले स्वदेशमा नै रोजगारीका अवसर पाउन थालेका छन् भन्नुभयो ।

नेपालमा थप कोरियाली लगानी आकर्षित गर्न द्विपक्षीय लगानी प्रवर्द्धन तथा सुरक्षा सम्झौता अपरिहार्य भएको चर्चा गर्दै राजदूत तेयोङले नेपालसँग आफ्नो मुलुकले निर्माण साझेदारी, जलविद्युत् आयोजना निर्माण, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको स्तरोन्नति, सडक, अस्पताल, व्यावसायिक भवन निर्माणलगायत भौतिक विकासका परियोजना कार्यान्वयन गरेको बताउनुभयो ।

रोजगार अनुमति प्रणालीअन्तर्गत सन् २००७ यता एक लाखभन्दा बढी नेपालीले कोरियामा रोजगारी पाएका तथा हाल कोरियामा ७० हजार नेपाली रहेका बताउँदै उनीहरूबाट जनस्तरको सम्बन्धलाई अझ सुदृढ तुल्याउन बल मिलेको छ भन्नुभयो ।

‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने नेपाल सरकारको लक्ष्यका साथै सन् २०२६ मा विकासशील राष्ट्रमा स्तरोन्नत हुने र त्यसपछि यसको दिगोपना सुनिश्चित गर्न कोरियाले सक्दो सहयोग गर्ने राजदूत तेयोङले बताउनुभयो ।

समारोहमा कोरियाली संस्कृति झल्कने विविध सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

प्रधानमन्त्रीसँग बङ्गलादेशका मन्त्री हसनको शिष्टाचार भेट

राष्ट्रपति भवनमा घटस्थापना

उपराष्ट्रपतिबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग

राष्ट्रपति पौडेलले एक महिनाको तलव उद्धार कोषमा प्रदान गर्नुहुने

प्रधानमन्त्रीद्वारा राहत, उद्धार र पुनःस्थापनामा जुट्न सबैलाई आह्वान

जनताले भोगिरहेको पीडामा सहयोग गर्न प्रधानमन्त्रीको आव्हान

राष्ट्रसङ्घीय महासभामाबारे प्रधानमन्त्रीद्वारा संसदीय दललाई जानकारी

ज्येष्ठ नागरिकले समाजलाई प्रोत्साहन गर्छ: उपराष्ट्रपति यादव

तीन दिन राष्ट्रिय शोक घोषणा

प्रधानमन्त्री दैवी प्रकोप कोषमा एक अर्ब जम्मा गर्ने, ज्यान गुमाएका व्यक्तिका परिवारलाई २ लाख दिने निर्णय

बाढीपहिरोमा परेकाको उद्धार एवं राहत वितरणमा कुनै कमी हुन्न : प्रधानमन्त्री

प्रधानमन्त्री ओली दोहा प्रस्थान