सदाबहार खबरको रफ्तार ....
असोज १७, २०८१ बिहिबार
October 3, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

अवैध सुनसहित भारतीय नागरिक हेटौँडा प्रहरीको नियन्त्रणमा

२०८१ असोज १५, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं, असोज १५ गते । मकवानपुर प्रहरीले ठुलो परिणाममा अवैध सुनसहित एक भारतीय नागरिकलाई हेटौँडाबाट नियन्त्रणमा लिएको छ ।

हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ रातोमाटे चेकपोष्टमा वीरगन्जबाट हेटौँडातर्फ आउँदै गरेको बा.प्र.०३–००१ज ६९६ नं.को यात्रुवाहक विद्युतीय माइक्रोलाई जाँच गर्ने क्रममा उक्त माइक्रोमा सवार भारतको बिहार राज्य फूलबरिया पूर्वी चम्पारण बरेवाका  सुजित सर्राफलाई प्रहरीले सुनसहित नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले सर्राफमाथि शङ्का लागि निजको शरीर तथा झोला खानतलासी गर्दा निजले आफ्नो खुट्टाको पैतलाको भागमा कालो टेपले बेरी लुकाई छिपाई राखेको सुन जस्तो देखिने पहेँलो धातु फेला परेको जनाएको छ ।

प्रहरीले निज सर्राफको साथबाट बिस्कुटको आकारको टुक्रा चार थान, बिस्कुटको सानो टुक्रा एक थान, सिक्री एक थान गरी जम्मा ४९० ग्राम ८८० मिलिग्राम सुन बरामद गरेको छ । सर्राफको साथबाट बरामद गरिएको बिलबिजक नभएको सुन मङ्गलबारको बजार भाउ अनुसार ६७ लाख ३४ हजार ५४४ रुपियाँ रहेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

स्रोत नखुलेको ११ लाखसहित एक जना पक्राउ

काठमाण्डौंबाट जुवा खेलिरहेको अवस्थामा २९ जना पक्राउ

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट सात जना पक्राउ

घन प्रहार गरी हत्या गर्ने युवक पक्राउ

वैदेशिक रोजगारमा विभिन्न देशहरूमा पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ

प्रवेशाज्ञा अवधि बितेपछि स्वदेश नफर्केका १५ जना बङ्गलादेशी पक्राउ

सूर्य दर्शन सहकारीका थप एक प्रतिवादी गैह्रापाटनबाट पक्राउ

गैरकानुनी रुपमा नेपालमा बसिरहेका १५ जना बंगलादेशी नागरिक पक्राउ

१२ लाखभन्दा बढी मूल्य बराबरको अवैध मोबाइल डिस्प्ले बरामद

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जडिबुटीस्थित होटलबाट जुवातास खेलिरहेका सात जना पक्राउ

चाँदीका गरगहनासहित एक जना पक्राउ