सदाबहार खबरको रफ्तार ....
असोज १७, २०८१ बिहिबार
October 3, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

यस वर्षको प्रधानसेनापति ट्रफी सम्पन्न

२०८१ असोज १५, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, १५ असोजः यस वर्षको प्रधानसेनापति ट्रफी खेलकुद प्रतियोगिता उपत्यका पृतना प्रथम, नं १६ बाहिनी द्वितीय र विशेष फौज बाहिनी तृतीय भएको छ ।
यसैगरी गणतर्फ पुरानो गोरख गण प्रथम तथा जगदल गण र भैरवनाथ गण समान अङ्कका साथ द्वितीय घोषित भए । गत भदौ  ३० गतेदेखि सुरु भएको प्रतियोगितामा एथ्लेटिक्स, स्विमिङ, बक्सिङ, तेक्वान्दो, जुडो, भलिबल, बास्केटबल र फुटबल खेल विधा समावेश थियो । प्रतियोगितामा खेलाडी र प्रशिक्षक गरी दुई हजारभन्दा बढीको सहभागिता थियो ।प्रतियोगितामा पृतना, युद्ध मद्दती बाहिनी र विशेष फौज बाहिनीका  १४  टिम प्रतिस्पर्धा भयो ।
May be an image of 7 people and textउक्त प्रतियोगिताअन्तर्गत कालीशक्ति गण र भैरवनाथ गणबीच भएको फुटबल खेलामा कालीशक्ति गण विजयी भयो । उक्त प्रतिस्पर्धामा कालीशक्ति गणले भैरवनाथ गणलाई १ विरुद्ध २ गोलले पराजित ग¥यो । प्रतियोगितामा चन्दननाथ गण तेस्रो भयो ।
सैैनिक मुख्यालयको खेल मैदानमा भएको समापन समारोहमा प्रधान सेनापति सिग्देलले प्रतियोगितामा प्रथम हुने उपत्यका पृतना र गणलाई ट्रफी, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गर्नुभयो ।
May be an image of 6 people, people golfing and textत्यसअवसरमा प्रतियोगिताका उत्कृष्ट खेलाडी एवं रेफ्रीलाई पनि पुरस्कृत गरियो । समारोहमा महारथी सिग्देलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ह्विलचियर खेललगायत प्रतियोगिताका ११ जना मेधावी खेलाडीलाई प्रधानसेनापति प्रशंसा निशान प्रदान गर्नुभयो ।
May be an image of 4 people and textप्रतियोगितामा द्वितीय तथा तृतीय स्थान हासिल गर्ने टिमलाई पूर्वप्रधान सेनापति त्रय गौरव शमशेर राणा, राजेन्द्र थापा र पूर्णचन्द्र थापाले नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।
May be an image of 4 people and textत्यसअवसरमा सङ्गठनमा रही वर्षभरिमा उत्कृष्ट घोषित एक महिला र एक पुरुष खेलाडीलाई अजेयबल ट्रफी प्रदान गरियो । नेपाली सेनाले प्रतिभावान् खेलाडीको पहिचान गर्ने र अन्तर्राष्ट्रियस्तरको योग्यता र क्षमतावान् खेलाडी उत्पादन गर्ने उद्देश्यकासाथ प्रत्येक वर्ष यो प्रतियोगिता गर्दै आएको छ । केही प्रतियोगितामा यस वर्ष खेलाडीले सङ्गठनको अघिल्लो वर्षको रेकर्डसमेत तोड्न सफल भए ।
प्रतियोगिताअन्तर्गत ४२ किमी म्याराथन र १० किमी दौडमा शिशिरकुमार शाही प्रथम भई दुवै विधाको पुरस्कार प्राप्त गर्न सफल हुनुभयो ।
May be an image of 2 people and people golfing

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

बाढीपहिरोबाट खेलकुद क्षेत्रमा क्षति

टि-ट्वान्टी क्रिकेट: नेपालद्वारा ओमान पराजित

एभरेष्ट महिला भलिबल लिगमा कर्णाली विजयी

दिपेन्द्र आइसीसीको टी-२० अलराउण्डरको वरियतामा दोस्रो स्थानमा उक्लिए

बाबर आजमले दिए कप्तानीबाट राजीनामा

नेपालले आज ओमानविरुद्ध खेल्दै

क्यानडासँग नेपाल फेरी पराजित

फ्रेन्चाइज लिग भलिबल : कर्णालीको जीत

बंगलादेशविरुद्धको टेस्ट सिरिजमा भारतको क्लीन स्वीप

नेपालले आज क्यानडाको सामना गर्दै

एभरेष्ट महिला भलिबल लिग: चितवनको विजयी शुरुवात

पालमा पहिलो पटक आयोजित फ्रेन्चाइज भलिबलमा ललितपुरको जित