सदाबहार खबरको रफ्तार ....
चैत्र २९, २०८२ आइतबार
April 12, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

इजरायलले गाजामा गरेको पछिल्लो आक्रमणमा ९ जनाको मृत्यु

२०८१ असोज १६, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः इजरायलले गाजामा गरेको ताजा आक्रमणमा परेर ९ जनाको मृत्यु भएको छ ।

अरु २० जना घाइते भएका छन् । इजरायली वायुसेनाले गाजामा हमासको कमाण्ड र कन्ट्रोल कम्प्लेक्समा आक्रमण गरेको थियो भन्दै इजरायली सेनाले माइक्रोब्लगिङ वेबसाइट एक्सको एउटा पोष्टमा लेखेको छ । यो कम्प्लेक्सलाई विगतमा उच्च विद्यालयको रूपमा प्रयोग गरिन्थ्यो ।

हमासले इजरायलमाथि आक्रमण गर्न विगतमा अल–बुरेइज प्रिपरेटरी स्कूल रहेको सोही भवनलाई प्रयोग गर्ने गरेको पोष्टमा भनिएको छ । आक्रमणमा सर्वसाधारणलाई कुनै क्षति नहोस् भन्ने सुनिश्चित गर्न कदम चालिएको इजरायली सेनाले बताएको छ । यसमा परिशुद्ध युद्ध सामाग्री, हवाई निगरानी र अतिरिक्त गुप्तचर जानकारीको प्रयोग समावेश भएको बताइएको छ ।

प्यालेस्टिनी समाचार एजेन्सी वाफाले पनि इजरायलले गाजाका विस्थापित मानिसहरू बस्दै आएका एउटा विद्यालयमा हवाई आक्रमण गरेको बताएको छ ।

सामाजिक सञ्जालको पोस्टमा इजरायली सेनाले उल्लेख गरेकै विद्यालय हो कि होइन भनेर चाँहि समाचारमा खुलाइएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

इजरायलको हितलाई प्राथमिकता दिन नसकिने : इरान

इरानी प्रतिनिधिमण्डल र पाकिस्तानी प्रधानमन्त्रीबीच भेटवार्ता

पाकिस्तानी प्रधानमन्त्री र अमेरिकी उपराष्ट्रपति भान्सबीच शान्ति वार्ता सुरु

अमेरिकी दबाबपछि चागोस सम्झौता रोकिने अवस्थामा

युद्धविरामअघि ओडिसामा घातक हमला

अविश्वासबीच इस्लामाबादमा अमेरिका–इरान वार्ता

चन्द्रयात्राबाट सुरक्षित फर्कियो आर्टेमिस द्वितीय

पाकिस्तानमा अमेरिका–इरान वार्ता सुरु हुँदै

इस्टर अवसरमा रुस–युक्रेनबीच अस्थायी युद्धविराम सुरु

अफगानिस्तानमा बाढीका कारण दशौँ हजार प्रभावित ः राष्ट्रसङ्घ

कोलम्बियामा भएको आक्रमणमा छ जनाको मृत्यु

युद्धका कारण विश्व आपूर्ति प्रणाली प्रभावित