सदाबहार खबरको रफ्तार ....
बैसाख २८, २०८३ सोमबार
May 11, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

प्रहरी प्रमुख हटाउन भ्रष्ट्राचार अभियोग लगाँइदै, भावी प्रधानसेनापतीमा उपरथी प्रभुराम शर्मा पक्का

२०७६ असोज ९, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौः करोडौं रकम आर्थिक अनियमिताको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी प्रधान कार्यालयमा छापा मारी तीन प्रकरणका २ वर्षदेखिका फाइल नियन्त्रणमा लिएर अनुसन्धानलाई तीब्रता दिएसँगै प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनाल तनाबमा परेका छन् ।

भ्रस्टाचारमा मुछिएको प्रमाण जुटाउदै कार्वाहीको लागी अख्तियारले सरकारलाइ ग्रिन सिग्नल दिएपश्चात सरकारले कार्वाहीको तयारी गरेको हो । उनलाई बर्खास्त गर्न गृहकार्य अनुरूप प्रधानमन्त्री र गृहमन्त्री बादल बिच छलफल समेत भएको बालुवाटार श्रोतको दावी छ ।

अतिबिशिष्ट तथा बिशिष्ट ब्यक्तिको सुरक्षाका लागि ३० वटा एस्कर्टिङ मोटरसाइकल खरिद गर्दा स्पेसिफिकेसन परिवर्तन गरी अनियमितता गरिएको, प्रहरीको बुट, सर्ट/पाइन्ट, पिकअप भ्यान, मेसिनरी औजार खरिदमा भ्रस्टाचार गरेको तथा गुणस्तर परीक्षण फेल भएर फिर्ता भइसकेका बुट आर्थिक अनियमितता गरी स्वीकार गरेको आरोपमा अख्तियारले प्रहरी प्रमुखमाथी  छानबिन गरिहेको बताइएको छ ।

उपरथी शर्मालाइ प्रधानसेनापती बन्ने बाटो खुल्यो

मन्त्रिपरिषद्को बैठकले नेपाली सेनाका उपरथी प्रभुराम शर्माको पदावधी थप गर्ने निर्णय गरेको छ । असोज ६ गते बसेको मन्त्रिपरिषद्को नियमित बैठकले गरेका निर्णयहरू सार्वजनिक गर्न सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले शर्माको पदावधी १ वर्ष २ महिना १५ दिनका लागी थप भएको जानकारी दिएका हुन् ।

सेनामा व्यवसायिक सैनिक अधिकृतको छवि बनाएका शर्माले नेशनल डिफेन्स कोर्स (एनडिसी) भारतबाट गरेका छन् । सेनाको मध्य पृतनापति हुँदै युद्धकार्य महानिर्देशकको जिम्मेबारीमा रहेका उपरथी शर्माको तिन वर्षे नियमित पदावधी यही कार्तिकमा सकिदैछ । शर्माको उपरथीमा पदावधी थप भएसँगै सेनाको भावी प्रधानसेनापति बन्ने बाटो समेत खुला भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

मन्त्रिपरिषद् बैठक : नीति तथा कार्यक्रम स्वीकृत

झापामा तीन वर्षमा छ सय लिए सुरक्षित गर्भपतन सेवा

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

मन्त्रिपरिषद् बैठक बस्दै

लोकतन्त्र बलियो हुन सञ्चारमाध्यम बलियो हुनुपर्छः अध्यक्ष शर्मा

आजदेखि देशभर ‘सरसफाइ सप्ताह’

‘यातायात व्यवसायीको समस्याको समाधान सरकारले खोज्नेछ’

विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन सम्बन्धमा रास्वपाको ‘नीति मन्थन’

अन्तरराष्ट्रिय आर्गानिया दिवस मनाइँदै

नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी

न्यायसम्पादनमा ढिलाइ हुँदा कार्यसम्पादनमा समस्या भइरहेको छः प्रदेश प्रमुख मियाँ

बजार सुशासनका लागि सोमबारदेखि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’