सदाबहार खबरको रफ्तार ....
असोज ४, २०८० बिहिबार
September 21, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

प्रहरी प्रमुख हटाउन भ्रष्ट्राचार अभियोग लगाँइदै, भावी प्रधानसेनापतीमा उपरथी प्रभुराम शर्मा पक्का

२०७६ असोज ९, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौः करोडौं रकम आर्थिक अनियमिताको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी प्रधान कार्यालयमा छापा मारी तीन प्रकरणका २ वर्षदेखिका फाइल नियन्त्रणमा लिएर अनुसन्धानलाई तीब्रता दिएसँगै प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनाल तनाबमा परेका छन् ।

भ्रस्टाचारमा मुछिएको प्रमाण जुटाउदै कार्वाहीको लागी अख्तियारले सरकारलाइ ग्रिन सिग्नल दिएपश्चात सरकारले कार्वाहीको तयारी गरेको हो । उनलाई बर्खास्त गर्न गृहकार्य अनुरूप प्रधानमन्त्री र गृहमन्त्री बादल बिच छलफल समेत भएको बालुवाटार श्रोतको दावी छ ।

अतिबिशिष्ट तथा बिशिष्ट ब्यक्तिको सुरक्षाका लागि ३० वटा एस्कर्टिङ मोटरसाइकल खरिद गर्दा स्पेसिफिकेसन परिवर्तन गरी अनियमितता गरिएको, प्रहरीको बुट, सर्ट/पाइन्ट, पिकअप भ्यान, मेसिनरी औजार खरिदमा भ्रस्टाचार गरेको तथा गुणस्तर परीक्षण फेल भएर फिर्ता भइसकेका बुट आर्थिक अनियमितता गरी स्वीकार गरेको आरोपमा अख्तियारले प्रहरी प्रमुखमाथी  छानबिन गरिहेको बताइएको छ ।

उपरथी शर्मालाइ प्रधानसेनापती बन्ने बाटो खुल्यो

मन्त्रिपरिषद्को बैठकले नेपाली सेनाका उपरथी प्रभुराम शर्माको पदावधी थप गर्ने निर्णय गरेको छ । असोज ६ गते बसेको मन्त्रिपरिषद्को नियमित बैठकले गरेका निर्णयहरू सार्वजनिक गर्न सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले शर्माको पदावधी १ वर्ष २ महिना १५ दिनका लागी थप भएको जानकारी दिएका हुन् ।

सेनामा व्यवसायिक सैनिक अधिकृतको छवि बनाएका शर्माले नेशनल डिफेन्स कोर्स (एनडिसी) भारतबाट गरेका छन् । सेनाको मध्य पृतनापति हुँदै युद्धकार्य महानिर्देशकको जिम्मेबारीमा रहेका उपरथी शर्माको तिन वर्षे नियमित पदावधी यही कार्तिकमा सकिदैछ । शर्माको उपरथीमा पदावधी थप भएसँगै सेनाको भावी प्रधानसेनापति बन्ने बाटो समेत खुला भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण टोली सार्वजनिक, को-को परे?

प्रधानमन्त्री दाहाल सात दिने चीन भ्रमणमा जाँदै, यस्ता छन् कार्यक्रम (सूची)

आन्दोलनरत शिक्षकलाई गगन थापाको आग्रह– विधेयकमा संसद्‌बाटै परिमार्जन गरिनेछ, आन्दोलनको स्वरुप परिवर्तन गर्नोस्

सरकार र शिक्षकका प्रतिनिधीबीच गृहमन्त्रालयमा वार्ता जारी

सभामुख घिमिरेद्वारा आयरल्याण्डका समकक्षीसँग भेट

प्रधानमन्त्री दाहाल र नर्वेका प्रधानमन्त्री स्टोरेबीच भेटघाट

परराष्ट्रमन्त्री साउद र अमेरिकी पूर्वविदेशमन्त्री पेम्पोओबीच भेटघाट

राप्रपा नेपालकाे बिराेध प्रदर्शनबाट दर्जन नेता पक्राउ

महाधिवेशनमा आफूलाई साथ दिएको भए सफलता मिल्ने थियो : डा. शेखर

आयरल्याण्डमा सभामुख घिमिरेको भेटघाट सुरु, सिनेट अध्यक्षसँग भेट

संविधान राज्यको संरचना, शासकीय स्वरूप र सामाजिक, सांस्कृतिक रूपान्तरणको दस्तावेज : प्रधानन्यायाधीश

प्रधानमन्त्री दाहाल र श्रीलङ्काका राष्ट्रपतिबीच शिष्टाचार भेटवार्ता