सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८३ बिहिबार
May 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

निर्वाचन आयोगले २१ दललाई बाँड्यो नयाँ चुनाव चिन्ह, गोपाल किराँतीले पाए पुरानै हँसिया हथौडा (प्रेस विज्ञप्ती सहित)

२०७६ असोज १०, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः  आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागी विभिन्न २१ वटा नयाँ राजनितिक दलहरूले चुनाव चिह्न पाएका छन् ।  निर्वाचन आयोगले बिहीबार ति विभिन्न २१ वटा नयाँदलहरूलाई चुनाव चिह्न प्रदान गरेको हो ।

स्थानिय, प्रादेशिक र प्रतिनिधीसभाको चुनावमा भाग लिएका दललाई भने पुरानै चुनाव चिन्ह यथावत राखिएको निर्वाचन आयोगले जनाएको छ । यद्दपी त्यसपछि दर्ता भएका दलहरुलाई भने अहिले चुनाव चिह्न प्रदान गरेको समेत आयोगले जनाएको छ ।

यी हुन नयाँ चुनाव चिन्ह प्राप्त गर्ने २१ दलहरू

निर्वाचन आयोगले सत्तारूढ ओली प्रचण्ड नेतृत्वको (नेकपा) लाइ सूर्य चिह्न, गोपाल किराँतीको नेकपा माओवादी केन्द्रलाइ हँसिया हथौडा, उपेन्द्र यादब नेतृत्वको संघीय समाजवादी पार्टी र नयाँ शक्ति पार्टी मिलेर बनेको समाजवादी पार्टीलाई पाँच औला सहितको हत्केला चुनाव चिन्ह दिएको छ ।

यस्तै रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीलाइ तराजु, एकनाथ ढकाल नेतृत्वको नेपाल परिवार दललाइ साँचो, सिके राउत नेतृत्वको जनमत पार्टीलाइ लाउडस्पिकर चुनाव चिह्न दिएको छ ।

यस्तै आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) लाइ हलो तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (लोकतान्त्रिक)लाइ साँढे गोरु चुनाव चिह्न दिएको छ । आयोगले नेपाली कांग्रेस (वी.पी.)लाइ करूवा,  नेपालवादलाइ तारापुञ्ज, राष्ट्रिय नागरिक पार्टीलाइ चङ्गा, नेपाल लोकतान्त्रिक पार्टी, संघीय खम्बुवान लोकतान्त्रिक पार्टी (नेपाल),  एतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपाल, आमूल परिवर्तन मसिहा पार्टी नेपाल, मंगोल नेशनल अर्गनाइजेशन र नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल)लाई नयाँ चुनाव चिह्न प्रदान गरेको छ ।

नेपाली कांग्रेस, राप्रपा लगायत तीनै तहको चुनावमा भाग लिएका पार्टीले भने नयाँ चुनाव चिह्न लिन नपर्ने र पुरानै चुनाव चिह्न पाउने आयोगले जनाएको छ । निर्वाचन आयोगले जारी गरेको प्रेस विज्ञप्ती-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

जब फेवातालमा डुङ्गा पल्टियो…

भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

प्रहरी चौकी स्थापना भएको तीन दशकपछि भवन

प्रधानमन्त्री बालेनको कार्यशैलीमाथि प्रश्न : संसद् र सेनासँग दूरी किन ?

पूर्वन्यायाधीश प्रधानको निधनमा शोक बिदाः इजलास सञ्चालन नहुने

मनसुनजन्य विपद् प्रतिकार्यमा जुट्यो सेना

पाँच दशकदेखि प्रकृति संरक्षणमा सक्रिय नेपाली सेना सम्मानित

प्रहरीको तीनवर्षे रणनीतिक योजना सार्वजनिकः नागरिक केन्द्रित र प्रविधिमैत्री सेवा प्राथमिकतामा

समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु

आज ३३ औँ मदन–आश्रित स्मृति दिवस

‘संयुक्त प्रयासबाट मात्रै प्रदेशको आर्थिक समृद्धि सम्भव’

सूर्यविनायकद्वारा गुण्डुमा घुम्ती हाट बजार सञ्चालन