शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अ
अ
अ
काठमाण्डाैः नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) बनाउने दुई जनालाई बिरगञ्ज प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेहरुमा वीरगञ्ज महानगरपालिका वडा नं.-११ श्रीपुर बस्ने बर्ष ४० का घनश्याम भण्डारी र सोही स्थान बस्ने बर्ष ५० का मोहनलाल राउत (कुर्मी) रहेको प्रहरीले जनाएको छ ।
वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले बिहीवार साँझ नक्कली सवारी चालक अनुमति पत्र बनाउन प्रयोग गरिएको कागजात सहित उनीहरुलाइ घरबाट पक्राउ गरि अनुसन्धान अघि बढाएको हो ।