सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८३ बिहिबार
May 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

ईण्डोप्यासिफिक स्ट्राटेजी रणनीति होईन ईण्डोप्यासिफिक क्षेत्रका लागि अघि सारेको नीति हो- अमेरिकी राजदूत

२०७६ असोज १०, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले नेपाल कुनै पनि देशको पक्षमा नभएको आफुले हेर्न चाहेको बताएका छन् ।

इन्टिच्युट फर इस्ट्राटेजिक एन्ड सोसियो इकोनोमिक रिसर्च (ISSR)ले शुक्रबार आयोजना गरेको ‘नेपालमा अमेरिकी कुटनीति’ विषयक अन्तरक्रियामा राजदूत बेरीले उक्त कुरा बताएका हुन् ।

नेपालमा अन्य मुलुकको हस्तक्षेप अमेरिकाको लागी स्विकार्य नहुने भन्दै राजदुत बेरीले अमेरिकाले अघि सारेको ईण्डोप्यासिफिक स्ट्राटेजी रणनीति नभई ईण्डोप्यासिफिक क्षेत्रका लागि अघि सारेको नीति भएको बताएका छन् ।

राजदूत बेरीले इण्डो प्यासिफिक क्षेत्रमा रहेका देशहरु खुला, स्वतन्त्र र सुरक्षित रहने वातावरण बनाउन इण्डो प्यासिफिक स्ट्राटेजी रणनीतिले सहयोग गर्ने उल्लेख गरे ।

साथै उनले संसारका सार्वभौम र साना सबै देशहरुले यस रणनीतिबाट फाइदा लिने बताउँदै नेपाल बलियो हुँदा अमेरिका समेत बलियो हुने र अमेरिका बलियो हुँदा नेपाल बलियो हुने विश्वासमा अमेरिका रहेको बताए ।

राजदूत बेरीका अनुसार ईण्डोप्यासिफिक रणनीतिमा साझेदारका रुपमा करिब ५० वटा देशहरु रहेको भन्दै उनले संसारका कुनै पनि देशलाई दबाब नदिने समेत  बताए ।

नेपाल अमेरिकाको कुटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको बताँउदै राजदूत बेरीले नेपाललाई सदाझै मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) अन्तर्गत ५० अर्ब रुपैयाँ सहयोग गर्न लागेको समेत बताएका थिए ।

चिनियाँ राष्ट्रपतिको आसन्न नेपाल भ्रमण पूर्व सत्तारूढ (नेकपा) र चिनियाँ कम्युनिस्ट पार्टीबीच ६ बुँदे लिखित सहमती भएसँगै अमेरिकी राजदुतले सक्रियता बढाएका हुन् ।

दुई दिन भित्र मात्रै उनले सत्तारूढ (नेकपा)का बिदेश विभाग प्रमुख एवं बरिष्ट नेता माधब कुमार नेपाल र प्रमुख प्रतिपक्ष दल काँग्रेसका सभापति शेर बहादुर देउवासँग दुई देशबीचको पारस्पारिक सम्बन्धका बिषयमा छुट्टाछुट्टै छलफल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सर्वोच्च अदालतको पूर्ण बैठकः पूर्वन्यायाधीश प्रधानको योगदानको स्मरण

लोकतन्त्रको संरक्षणमा सञ्चारकर्मी चनाखो हुनुपर्छ : अध्यक्ष शर्मा

प्रतिपक्षीको विरोधका कारण बैठक अवरुद्ध भएपछि १५ मिनेटलाई स्थगित

आयोजना बैंकका योजना मात्र बजेटमा समेटिने : मुख्यमन्त्री आचार्य

कोशी प्रदेश लोकसेवा आयोगमा दुई नयाँ सदस्य नियुक्त

प्रतिनिधिसभाः प्रविधि विकासका लागि बजेट निनियोजन गर्न माग

प्रतिनिधिसभाः हुम्ला र बाजुराको सीमा विवाद समाधान खोज्न सरकारसँग माग

थप ३०४ जना सहकारी पीडितले फिर्ता पाए बचत

प्रसाईं पक्राउबारे लिखित जवाफ माग

धार्मिक पर्यटकीयस्थलका रुपमा सुनसरी क्षेत्रः मुख्यमन्त्री कार्की

मधेस प्रदेशमा नेपाली कांग्रेस नेतृत्वकै सरकार रहन्छ : सभापति थापा

‘जिडिपी’ मा सुदूरपश्चिमको योगदान सात प्रतिशत पुग्ने अनुमान