सदाबहार खबरको रफ्तार ....
असोज १०, २०८० बुधबार
September 27, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

ईण्डोप्यासिफिक स्ट्राटेजी रणनीति होईन ईण्डोप्यासिफिक क्षेत्रका लागि अघि सारेको नीति हो- अमेरिकी राजदूत

२०७६ असोज १०, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले नेपाल कुनै पनि देशको पक्षमा नभएको आफुले हेर्न चाहेको बताएका छन् ।

इन्टिच्युट फर इस्ट्राटेजिक एन्ड सोसियो इकोनोमिक रिसर्च (ISSR)ले शुक्रबार आयोजना गरेको ‘नेपालमा अमेरिकी कुटनीति’ विषयक अन्तरक्रियामा राजदूत बेरीले उक्त कुरा बताएका हुन् ।

नेपालमा अन्य मुलुकको हस्तक्षेप अमेरिकाको लागी स्विकार्य नहुने भन्दै राजदुत बेरीले अमेरिकाले अघि सारेको ईण्डोप्यासिफिक स्ट्राटेजी रणनीति नभई ईण्डोप्यासिफिक क्षेत्रका लागि अघि सारेको नीति भएको बताएका छन् ।

राजदूत बेरीले इण्डो प्यासिफिक क्षेत्रमा रहेका देशहरु खुला, स्वतन्त्र र सुरक्षित रहने वातावरण बनाउन इण्डो प्यासिफिक स्ट्राटेजी रणनीतिले सहयोग गर्ने उल्लेख गरे ।

साथै उनले संसारका सार्वभौम र साना सबै देशहरुले यस रणनीतिबाट फाइदा लिने बताउँदै नेपाल बलियो हुँदा अमेरिका समेत बलियो हुने र अमेरिका बलियो हुँदा नेपाल बलियो हुने विश्वासमा अमेरिका रहेको बताए ।

राजदूत बेरीका अनुसार ईण्डोप्यासिफिक रणनीतिमा साझेदारका रुपमा करिब ५० वटा देशहरु रहेको भन्दै उनले संसारका कुनै पनि देशलाई दबाब नदिने समेत  बताए ।

नेपाल अमेरिकाको कुटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको बताँउदै राजदूत बेरीले नेपाललाई सदाझै मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) अन्तर्गत ५० अर्ब रुपैयाँ सहयोग गर्न लागेको समेत बताएका थिए ।

चिनियाँ राष्ट्रपतिको आसन्न नेपाल भ्रमण पूर्व सत्तारूढ (नेकपा) र चिनियाँ कम्युनिस्ट पार्टीबीच ६ बुँदे लिखित सहमती भएसँगै अमेरिकी राजदुतले सक्रियता बढाएका हुन् ।

दुई दिन भित्र मात्रै उनले सत्तारूढ (नेकपा)का बिदेश विभाग प्रमुख एवं बरिष्ट नेता माधब कुमार नेपाल र प्रमुख प्रतिपक्ष दल काँग्रेसका सभापति शेर बहादुर देउवासँग दुई देशबीचको पारस्पारिक सम्बन्धका बिषयमा छुट्टाछुट्टै छलफल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

भारतसँग सीमा जोडिएको झुलाघाट नाका बन्द

सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा जोशी नियुक्त

सरकार र आन्दोलनरत चिकित्सकबीच गृहमन्त्रालयमा वार्ता सुरु

कामपा र सामाजिक अभियन्ता ई: को टोलीबीच वार्ता सुरु

छोङछिङमा प्रधानमन्त्री प्रचण्ड

नेपाल–चीनबीच १३ बुँदे सम्झौता

प्रधानमन्त्री प्रचण्डद्वारा चीनको राष्ट्रिय स्मारकमा पुष्पगुच्छा अर्पण

विराटनगरको बिग होटेलमा कोशी प्रदेशको सुरक्षा बैठक बस्दै

दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ– चिनियाँ प्रधानमन्त्री

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ समकक्षी लीबीच भेटवार्ता

प्रधानमन्त्री चीन भ्रमण : आज द्विपक्षीय वार्ता हुँदै

सबै धर्म र समुदायबीच आपसी सदभाव कायम राख्न सर्वपक्षीय सहमति