सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

‘घुस लिने शैली बदलिएको छ’ अख्तियार प्रमुख घिमिरे

२०७७ श्रावण १२, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले पछिल्लो समय घुस लिने र दिने प्रकृति नै बदलिएको बताएका छन् ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले आइतबार आयोगका पदाधिकारीसँग गरेको छलफलमा उनले अख्तियारको सक्रियताका कारण घुस्याहाहरूले विभिन्न विधि अपनाउन थालेको बताएका हुन्।

‘अहिले घुस लिने प्रकृतिमा बदलाव आएको छ, छिमेकी राष्ट्रमा गएर पैसा लिने प्रकृतिसमेत देखिएको छ’, प्रमुख आयुक्त घिमिरेले भने, ‘अर्काको नाममा खोलिएको बैंकमा पैसा जम्मा गर्न लगाउने र भौचर घुस लिने प्रकृति पनि देखिएको छ।’ अनुसन्धानका क्रममा कसैमाथि पक्षपात नगरेको घिमिरेले प्रष्ट पारे।

‘हाम्रा लागि सामान्य नागरिक र ठूला व्यक्ति उस्तै हुन्, उनीहरूका समस्या पनि उस्तै हुन्’, उनले भने, ‘हामीले अनुसन्धानका क्रममा आफ्ना नातेदार पनि छाडेका छैनौं।’ अख्तियारको सक्रियताका कारण भष्टाचार बढेको जस्तो देखिएको समेत प्रमुख आयुक्त घिमिरेले बताए।

छलफलमा सांसदहरूले आयोगका पदाधिकारीलाई प्रश्नसँगै सुझावसमेत दिएका छन्। वार्षिक प्रतिवेदनमाथि भएको छलफलमा सांसद अमरशेकुमार सिंहले अख्तियारले चाहेमा नेपाललाई तीन महिनाभित्रै भ्रष्टाचारमुक्त गराउन सक्ने दाबी गरे। ‘हामी गणतन्त्र भन्छौं तर यसलाई लुटतन्त्रभन्दा पनि फरक पर्दैन, शाब्दिक अर्थमात्र फरक हो’, उनले भने, ‘साना माछा जहिले पनि समातिन्छन् तर ठूला माछा कहिल्यै समातिएको देखिएन, यहाँ अख्तियारको क्षमतामाथि प्रश्न छैन, नियतमाथि प्रश्न छ।’

अर्की सांसद पम्फा भुसालले साना कामभन्दा ठूला काममा जोड दिन अख्तियारलाई सझाव दिइन्। ‘मूल सफा गरेपछि धारा सफा गरिरहनु पर्दैन’, उनले भनिन्, ‘एउटा राम्रो एक्सन लिनुभयो भने हजार वटा साना काम नगर्दा पनि हुन्छ, ठूला माछा भन्ने छ नि, त्यसलाई हेर्नुस्।’

यशोदा सुवेदी गुरुङले नीतिगत भ्रष्टाचारलाई रोके जस्तोसुकै भ्रष्टाचार पनि रोक्न सकिने बताइन्। ‘प्रष्ट देखिने नीतिगत भ्रष्टाचार हुँदा पनि हामी चुप लागेर बस्ने यसो भएपछि कुरा साना माछामा मात्रै केन्द्रित हुने भयो’, उनले भनिन्, ‘हाम्रो समाज नै भ्रष्टाचारलाई मलजल गर्नतिर लाग्यो कि हाम्रो व्यवहार भ्रष्टाचारप्रति नरम छ।’ सांसद झपड रावलले हाम्रो चिन्तन परिवर्तन नभए अख्तियारले मात्र भ्रष्टाचार रोक्न नसक्ने बताए। ‘पहिलो दोष अख्तियार अनुसन्धान आयोगको हो भन्ने लाग्दैन, हाम्रो समाज र राम्रो चिन्तनको मुख्य दोष हो’, उनले भने, ‘सबैभन्दा ठूलो भ्रष्टाचार राजनीतिक क्षेत्रमा छ, त्यसैले अकुत सम्पत्ति कमाएकालाई समाजले बहिष्कार गर्नैपर्छ।’

सांसदका प्रश्नहरूको जवाफ दिँदै आयुक्त सावित्री गुरुङले कानुन बनाएर अख्तियारलाई बलियो बनाउन आग्रह गरिन्। ‘हामीले ठूला माछा समाउन सकेका छैनौं होला, यसको कारण यहाँहरूलाई थाहै छ, हामीले आफूले सकेको गरेकै छौं’, उनले भनिन्, ‘एउटा अख्तियारले मात्रै देशभरको भ्रष्टाचार रोक्न सक्दैन, यसमा तपाईं हामी सबैको सहयोग चाहिन्छ।’

यस्तै, आयुक्त डा. गणेशराज जोशीले झुटा उजुरी दिएर फसाउन खोज्नेका विरुद्ध पनि अख्तियारले कारबाही गरिरहेको बताए। ‘झुटा उजुरी दिने पनि छन्, त्यस्ता झुटा उजुरी दिने मान्छेलाई हामीले कारबाहीको दायरामा ल्याएका छौं’, उनले भने, ‘झुटा उजुरी आए भने हामी प्रारम्भिक अवस्थामै थाहा पाउँछौं, त्यस्ता उजुरी अघि बढ्दैनन्।’ सांसदले गरेको प्रश्नको जवाफ दिँदै आयुक्त जोशीले अख्तियारको नियुक्तिमा हुने भागबन्डा प्रणाली सुधार गर्नुपर्ने बताए। ‘यो प्रणाली नै यस्तै छ, कसैले न कसैले रिकमेन्डेसन नगरी हुँदै नहुने भइयो’, उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव

विकास–निर्माण थाल्नुअघि भौगर्भिक अध्ययन गर्नुपर्नेमा सभामुखको जोड

सभामुख अर्याल र अध्यक्ष याङ्गबीच शिष्टचार भेट

सभामुख अर्यालसंग फ्रान्स–नेपाल संसदीय समूहका अध्यक्ष पिरोनको शिष्टाचार भेट

अध्यक्ष दाहालसँग फ्रान्स–नेपाल संसदीयमैत्री सामूहिक भेट

विकासका लागि साझा संवाद गरौँ: सभामुख अर्याल

सबै नागरिकले सुरक्षित महसुस गर्ने राज्य निर्माण गर्नु आजको आवश्यकता : सभामुख अर्याल

छठले सामाजिक सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता बलियो बनाओस् : सभामुख अर्याल

मधेस प्रदेशसभा शनिबार दिउँसो १ः०० बजेदेखि आह्वान

मधेस प्रदेशसभाको बैठक कात्तिक २८ गते आह्वान

नेपाल संवत् सम्पूर्ण नेपालीको साझा राष्ट्रिय सम्पदा हो : सभामुख अर्याल

नेपाल संवत् सम्पूर्ण नेपालीको साझा सम्पदा होः सभामुख अर्याल