काठमाण्डौः बैंकिङ्ग कसुरमा दोषी ठहर भएका बैंक अफ काठमाडौंका पूर्व सिइओ अजय श्रेष्ठ सहित तीन जना पूर्पक्षका लागि जेल चलान भएका छन् ।
उच्च अदालत पाटनका मुख्य न्यायाधीश नहकुल सुवेदी र रामप्रसाद ओलीको संयुक्त इजलाशले बैंकिङ कसुरमा श्रेष्ठसहित तीन जनालाई थुनामा राख्ने आदेश दिएको हो । श्रेष्ठसँगै सोही बैंकका कर्मचारी सुरेन्द्र श्रेष्ठ र किरणकुमार बोहोरालाई पनि पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।
सोही अभियोगमा आरोपित खड्गबहादुर खत्रीसँग ५ लाख धरौटी असूल्न अदालतले आदेश दिएको छ । नक्कली बैंक ग्यारेन्टी देखाई बैंकलाई हानी नोक्सानी पुर्याएको कसुरमा प्रहरीले उनीहरुलाई पक्राउ गरि मुद्दा चलाएको थियो ।