
काठमाण्डौं : प्रहरीले नवलपरासीको सुनवलबाट नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारीका तीन जना विद्यार्थी नेतालाई पक्राउ गरेको छ ।
लुम्बिनी ब्युरो इञ्चार्ज विरेन्द्र विक, पश्चिम नवलपरासीका जिल्ला संयोजक शारदा भण्डारी र अर्घाखाँची जिल्ला सदस्य नयनसिंह खड्का ‘नवीन’ लाई प्रहरीले शुक्रवार सुनवलको रम्वापुरबाट पक्राउ गरेको हो ।
यसअघि पनि प्रहरीले पक्राउ गरेको शारदा भण्डारीलाई अदालतको आदेशमा नवलपरासीबाट ४० हजार धरौटीमा रिहा गरेको भएपनि पुन: प्रहरीले पक्राउ गरेको थियो ।
अघिल्लो पटक सर्वोच्च अदालतको आदेशमा ७१ दिनपछि भण्डारीलाई प्रहरीले रिहा गरेको थियो ।