सदाबहार खबरको रफ्तार ....
बैसाख २७, २०८३ आइतबार
May 10, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सत्तारूढ प्यानललाई पराजित गर्दै नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्षमा चतुर बहादुर चन्द बिजयी

२०७६ असोज ११, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्षमा चतुर बहादुर चन्द निर्वाचित भएका छन् । शनिबार सम्पन्न क्यानको चुनावमा विनयराज पाण्डेको समुहलाई पराजित गर्दै चन्दको समुह विजयी भएको हो ।

यसैगरी क्यानको उपाध्यक्षमा राजुबाबु श्रेष्ठले ४१, सचिवमा अशोक प्याकुरेलले ४२ र कोषध्यक्षमा रोशनबहादुर सिंहले ४५ मत प्राप्त गरी विजयी भएका छन् । विनयराज पाण्डेको समुहबाट प्रतिस्पर्धीहरू मिङमा देण्डु शेर्पाले १७, विनोद मैनालीले १५, उपेन्द्र भट्टराईले १२  मत प्राप्त गरेका छन् ।

यसैगरी चन्द समुहबाटै सदस्यहरुमा कैलाश विष्ट, अमितवीर पाण्डे, दुर्गाराज पाठक, वीरेन्द्र चन्द, माधवकुमार कर्माचार्य, सञ्जय सिंह, करन मल्हत्रा क्षेत्री, विक्रम विष्ट, ऋषि गौतम, जयन्ती भट्ट, पदमबहादुर खड्का, दाउद अन्सारी विजयी भएका छन् ।

१७ सदस्यका लागि सम्पन्न भएको निर्वाचनमा चन्दको पुरै प्यानल विजयी भएको हो । ५९ जना मतदाता रहेको क्यानमा चन्दले ४४ र पाण्डेले १५ मत प्राप्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

गण्डकी प्रदेशस्तरीय भलिबलमा पुरुषतर्फ तनहुँ र पर्वत तथा महिलातर्फ कास्की र म्याग्दी फाइनलमा

स्कटल्याण्ड र अमेरिकासँगको सिरिज खेल्न १५ सदस्यीय टिमको घोषणा

आरआर स्ववियुले प्रिमियर लिगको आयोजना गर्ने

आज पनि महिला फुटबल प्रतियोगिताका रोमाञ्चक खेल हुँदै

नेपालगन्ज १० म्युजिक नाइट रनमा अक्कल बहादुर पाल र सन्तोषी श्रेष्ठको उपाधि

जुम्लामा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डमा हिमा गाउँपालिका प्रथम

गण्डकी प्रदेश अन्तरजिल्ला भलिबलको तयारी पूरा

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

आईपीएल : लखनउ सुपर जायन्ट्सले रोयल च्यालेन्जर्सलाई ९ रनले हरायो

नेपाल ‘ए’द्वारा स्कटल्याण्ड पराजित

नेपाल ‘ए’ ले स्कटल्याण्डलाई दियो २७८ रनको लक्ष्य

नेपाल ‘ए’ले आज स्कटल्याण्डसँग एक दिवसीय खेल खेल्दै