सदाबहार खबरको रफ्तार ....
असोज १४, २०८० आइतबार
October 1, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सत्तारूढ प्यानललाई पराजित गर्दै नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्षमा चतुर बहादुर चन्द बिजयी

२०७६ असोज ११, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्षमा चतुर बहादुर चन्द निर्वाचित भएका छन् । शनिबार सम्पन्न क्यानको चुनावमा विनयराज पाण्डेको समुहलाई पराजित गर्दै चन्दको समुह विजयी भएको हो ।

यसैगरी क्यानको उपाध्यक्षमा राजुबाबु श्रेष्ठले ४१, सचिवमा अशोक प्याकुरेलले ४२ र कोषध्यक्षमा रोशनबहादुर सिंहले ४५ मत प्राप्त गरी विजयी भएका छन् । विनयराज पाण्डेको समुहबाट प्रतिस्पर्धीहरू मिङमा देण्डु शेर्पाले १७, विनोद मैनालीले १५, उपेन्द्र भट्टराईले १२  मत प्राप्त गरेका छन् ।

यसैगरी चन्द समुहबाटै सदस्यहरुमा कैलाश विष्ट, अमितवीर पाण्डे, दुर्गाराज पाठक, वीरेन्द्र चन्द, माधवकुमार कर्माचार्य, सञ्जय सिंह, करन मल्हत्रा क्षेत्री, विक्रम विष्ट, ऋषि गौतम, जयन्ती भट्ट, पदमबहादुर खड्का, दाउद अन्सारी विजयी भएका छन् ।

१७ सदस्यका लागि सम्पन्न भएको निर्वाचनमा चन्दको पुरै प्यानल विजयी भएको हो । ५९ जना मतदाता रहेको क्यानमा चन्दले ४४ र पाण्डेले १५ मत प्राप्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

तेस्रो राष्ट्रिय माझी गोल्डकप फुटवल प्रतियोगिता सिन्धुलीमा हुने

एक सय आठ स्वर्णका साथ एशियाडमा चीनको वर्चस्व

यु-१९ साफ च्याम्पियनसिपको उपाधि भारतले जित्यो

त्रिभुवन आर्मी क्लबले बीएमकेलाई हरायो

रौतहट बास्केटबल संघको अध्यक्षमा दिवस तिमल्सिना चयन

एशियाली खेलकुदमा चीनको अग्रता कायमै, कुन देशको नाममा कति पदक ?

अक्षर पटेलको ठाउँमा रविचन्द्रन आश्विनले विश्वकप खेल्ने

१९औं एसियाडको पौडीमा नेपालका सबै हिटबाटै बाहिरिए

न्युजिल्यान्डका कप्तान विलियमसनले विश्वकपको पहिलो खेल नखेल्ने

विमल घर्ती मगर पनि गए अस्ट्रेलिया

स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिड विजयी

ब्याडमिन्टनको पुरुष टिम इभेन्टतर्फ नेपाल क्वार्टरफाइनलमा