सदाबहार खबरको रफ्तार ....
जेठ ५, २०८३ मंगलबार
May 19, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

त्रिकोणात्मक सिरिजमा नेपालको पहिलो जित : सिङ्गापुरमाथि कप्तान पारस खड्काको ऐतिहासिक शतक

२०७६ असोज ११, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं :  त्रिकोणात्मक टी–२० सिरिजमा घरेलु टोली सिङ्गापुरलाई पारस खड्काको ऐतिहासिक शतकसँगै नेपालले शानदार जित हात पारेको छ ।

इन्डियन एसोसियसनको मैदानमा शनिवार साँझ भएको खेलमा नेपालले टी-२० सिरिजमा पहिलो खाता खोल्दै सिङ्गापुरलाई ९ विकेटले हराएको हो । १६ ओभरमा एक विकेट गुमाउँदै सिङ्गापुरलाई दिएको १५२ रनको लक्ष्यमा नेपालले सजिलै जित हात पारेको हो ।

नेपालीसंँग टस जितेर ब्याटिङ रोजेको सिंगापुरले २० ओभरमा तीन विकेट गुमाउँदै १५१ रनको लक्ष्य पस्केको थियो । नेपालको तर्फबाट पहिले व्याटीङ गरेका इशान पाण्डे र कप्तान पारस खड्का मध्य ईशान ९ रन जोड्दै मैदानबाट बाहिरीएका हुन ।

कप्तान पारस खड्कालाई साथ दिन मैदानमा उत्रिएका आरिफ शेखले पारसलाई शतक पुर्‍याउन गतिलो साथ दिए ।आरिफको साथसंगै पारसले सिङ्गापुर विरुद्धको खेलमा ९ छक्का र ७ चौका प्रहार गर्दै टी-२० सिरिजको खेलमा किर्तिमानी शतक कायम राख्दै म्यान अफ दि म्याच घोषित भए ।

सिङ्गापुरका लागि टिमोथि डेभिडले ६४ रन, सुरेन्द्रन चन्द्रमोहनले ३५ रन, जनक प्रकाशले २५ रन र मनप्रित सिंहले १५ रनको योगदान दिएका थिए । बलिङतर्फ करण केसीले दुई तथा सुशन भारीले एक विकेट लिए ।  शुक्रबार भएको पहिलो खेलमा नेपाल जिम्बावेसँग ५ विकेटले पराजित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

फिफा विश्वकप-२०२६ का लागि ब्राजिलको २६ सदस्यीय टोली सार्वजनिक

इन्डियन प्रिमियर लिग : राजस्थान रोयल्स र लखनउ सुपर जाइन्टस खेल्दै

प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता सुरु

विश्वकप क्रिकेट लिग-२ स्कटल्यान्डमाथि नेपालको जित

क्रिकेटः स्कटल्यान्डले नेपाललाई दियो १९५ रनको लक्ष्य

क्रिकेटः स्कटल्याण्डविरुद्ध पहिले बलिङ गर्दै नेपाल

क्रिकेटः नेपाल र स्कटल्याण्ड भिड्दै

साहित्यिक तथा पर्यटन महोत्सवः पर्यटन प्रवर्द्धनमा जोड

सहिद हेमनारायण गोल्डकप प्रतियोगिता जेठ ८ गतेदेखि

तरबुजा खेतीबाट आत्मनिर्भर बन्दै दङ्गीशरणका युवा

साफ च्याम्पियनसिप खेल्ने नेपालको २३ सदस्यीय टोली सार्वजनिक

क्रिकेटः अमेरिकाले नेपाललाई जितका लागि दियो १९६ रनको लक्ष्य