सदाबहार खबरको रफ्तार ....
असोज १४, २०८० आइतबार
October 1, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

त्रिकोणात्मक सिरिजमा नेपालको पहिलो जित : सिङ्गापुरमाथि कप्तान पारस खड्काको ऐतिहासिक शतक

२०७६ असोज ११, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं :  त्रिकोणात्मक टी–२० सिरिजमा घरेलु टोली सिङ्गापुरलाई पारस खड्काको ऐतिहासिक शतकसँगै नेपालले शानदार जित हात पारेको छ ।

इन्डियन एसोसियसनको मैदानमा शनिवार साँझ भएको खेलमा नेपालले टी-२० सिरिजमा पहिलो खाता खोल्दै सिङ्गापुरलाई ९ विकेटले हराएको हो । १६ ओभरमा एक विकेट गुमाउँदै सिङ्गापुरलाई दिएको १५२ रनको लक्ष्यमा नेपालले सजिलै जित हात पारेको हो ।

नेपालीसंँग टस जितेर ब्याटिङ रोजेको सिंगापुरले २० ओभरमा तीन विकेट गुमाउँदै १५१ रनको लक्ष्य पस्केको थियो । नेपालको तर्फबाट पहिले व्याटीङ गरेका इशान पाण्डे र कप्तान पारस खड्का मध्य ईशान ९ रन जोड्दै मैदानबाट बाहिरीएका हुन ।

कप्तान पारस खड्कालाई साथ दिन मैदानमा उत्रिएका आरिफ शेखले पारसलाई शतक पुर्‍याउन गतिलो साथ दिए ।आरिफको साथसंगै पारसले सिङ्गापुर विरुद्धको खेलमा ९ छक्का र ७ चौका प्रहार गर्दै टी-२० सिरिजको खेलमा किर्तिमानी शतक कायम राख्दै म्यान अफ दि म्याच घोषित भए ।

सिङ्गापुरका लागि टिमोथि डेभिडले ६४ रन, सुरेन्द्रन चन्द्रमोहनले ३५ रन, जनक प्रकाशले २५ रन र मनप्रित सिंहले १५ रनको योगदान दिएका थिए । बलिङतर्फ करण केसीले दुई तथा सुशन भारीले एक विकेट लिए ।  शुक्रबार भएको पहिलो खेलमा नेपाल जिम्बावेसँग ५ विकेटले पराजित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पुरानै लयमा फर्कँदै अभिनाश, एकै खेलमा ६ विकेटको कीर्तिमान

एपेक्स आईसीसी कप क्रिकेटः एस कलेज विजयी

पहिलो पटक मनाइयो भक्तपुर ग्रासरुट डे

१० हजार मिटरमा दीपकको कीर्तिमान

तेस्रो राष्ट्रिय माझी गोल्डकप फुटवल प्रतियोगिता सिन्धुलीमा हुने

एक सय आठ स्वर्णका साथ एशियाडमा चीनको वर्चस्व

यु-१९ साफ च्याम्पियनसिपको उपाधि भारतले जित्यो

त्रिभुवन आर्मी क्लबले बीएमकेलाई हरायो

रौतहट बास्केटबल संघको अध्यक्षमा दिवस तिमल्सिना चयन

एशियाली खेलकुदमा चीनको अग्रता कायमै, कुन देशको नाममा कति पदक ?

अक्षर पटेलको ठाउँमा रविचन्द्रन आश्विनले विश्वकप खेल्ने

१९औं एसियाडको पौडीमा नेपालका सबै हिटबाटै बाहिरिए