सदाबहार खबरको रफ्तार ....
भाद्र २६, २०८१ बुधबार
September 11, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

दशैंको मौकामा चौका पार्दै ब्यापारी र बिचौलियाः सर्वसाधारण मर्कामा

२०७६ असोज १२, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपालीहरूको प्रमुख चाड दशैं नजिकिएसँगै खाद्यान्न तथा तरकारीको मूल्य ह्वात्तै महङ्गिएको छ । पछिल्लो समय सरकारले सवारी साधनको भाडा समायोजन गरेसँगै खाद्यान्न एवम् तरकारीको मुल्य अकासिएको हो । चाडपर्वमा दैनिक उपभोग्य बस्तु किनमेल बाक्लिएसँगै महंगि र आपूर्ति अभावलाई देखाएर व्यापारी र बिचौलियाले मनोमानी मुल्य लिइरहँदा सरकार उपभोक्तालाई राहत र सहुलियत दिलाउन सकिरहेको छैन् ।

बजारमा दैनिक उपभोग्य सामानको मुल्य दिन दुगुना रात चौगुना बढिरहेको छ । केही व्यवसायी ढुवानी मुल्य बढेकाले सामानको मुल्य बृद्धि भएको बताइरहेका छन् भने केही सामानको माग बढी आपूर्ती कम हुँदा मुल्य बृद्धि भएको बताउछन् ।

चाडपर्वमा  खाद्यान्नदेखी तरकारीसम्ममा बस्तुहरूमा अचाक्लि मुल्य बढिरहेको आम सर्वसाधारणको गुनासो रहेको छ । खाद्यान्नतर्फ चामल, दाल र तेलको मुल्य १५ प्रतिशतभन्दा धेरैले बढेको छ । यसैगरी तरकारीमा प्रति किलो २०० प्रतिशत भन्दा धेरैको महंगी थपिदा उपभोक्ता झनै बढी चिन्तित रहेका छन् । निरन्तर मूल्यवृद्धिको मार खेपिरहेका उपभोक्ता चाडपर्वमा झनै महंगी थपिएकोमा गुनासो गरिरहेका छन् ।

सरकारी अनुगमन प्रभावकारी नहुँदा ब्यापारीले आफुखुसी मुल्य निर्धारण मात्रै गरिरहेका छैनन्, बजारमा कृतिम अभाव देखाएर उपभोक्तासँग महंगो शुल्क लिइरहेको प्रष्ट देख्न सकिन्छ । दशैको मौका छोपी विभिन्न खाद्य तथा तरकारीमा गरिएको चर्को मूल्यवृद्धिले सर्वसधारण मात्र नभइ उपभोक्ता सरकारबाट राहत नपाएको भन्दै निराश भएका छन् । बजरामा सरकारको कुनै अनुगमनको गुन्जायस नभएको सर्वसाधारण उपभोक्ताको आरोप छ ।

सुचना प्रवाह गर्ने सरकारी वेभसाइट नै चल्दैनन्

बजारमा सरकारको कुनै अनुगमनको गुन्जायस नभएको सर्वसाधारण उपभोक्ताको आरोप छ । बजारमा सरकारी अनुगमन कति प्रभाबकारी छ भनेर बुझ्न सरकी वेभसाइट नै हेरे पुग्छ । सरकारको आधिकारिक मन्त्रालय कृषि तथा पशुपन्छी बिकास मन्त्रालय अन्तर्गत रहेको कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिको वेभसाइट केही दिनयता बन्द छ । सर्वसाधारणले सहि सुचना पाउने निकाय नै बन्द गरेर कालोबजारीलाइ प्रश्चय दिइरहेको आरोप लागिरहँदा सरकार त्यसको साछी बसेको प्रस्टै देखिन्छ । यसै सिलसिलामा सर्वसाधारण उपभोक्तालाइ सजिलो होस भनेर सरकारले राखेको आफ्नो वेभसाइट  https://kalimatimarket.gov.np मा सर्च गर्दा देखिनुपर्ने दैनिक मुल्यसूची नदेखिदाँ सरकारी निकायका कर्मचारी र ब्यापारी मिलेको आम सर्वसाधारणमा आशंका पैदा भएको छ ।

बजार अनुगमन देखावटी मात्र

सरकारले प्रत्येक बर्ष उपभोक्ताहरूलाइ सहज होस भनेर सस्तो बजार शुरू गरेको छ । बाहिरको तुलनामा सस्तो बजारमा समानहरूको मुल्य कम हुनु स्वभाविकै नै हो ।  तर त्यही सस्तो बजारमा कर्मचारीहरूको मिलोमतोमा कालोबजारिहरूले सर्वसाधारणको ढाड सेक्नेगरी मुल्य बृद्धी भएको पाइन्छ । सस्तो बजारमा ब्यापारी नै पहिला पुगेर धेरै समानहरू एकैचोटी किन्छन् र सस्तोबजारमा समानहरूको अभाब सृजना गराइदिन्छन् । अन्ततः सर्वसाधारणले चाहेको बस्तु अभावको कारण देखाउदै बाहिरको खुद्धा मुल्यमा किन्न बाध्य हुन्छन् ।  सरकारले बेलैमा सोेचेर बजार अनुगमन गरे आम सर्वसाधारण महङंगीको मारमा  पर्ने थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सुनको मुल्य अहिलेसम्मकै उच्च

कर प्रणाली सुधारका लागि आन्तरिक राजस्व परिचालन रणनीति जारी

सुनको मूल्य बढ्यो

विदेशी मुद्राको विनिमयदर सार्वजनिक

अनलाइन भुक्तानी गर्दा भ्याटको १० प्रतिशत रकम फिर्ता हुने

नेप्सेमा ५५ अंकको गिरावट, ९ अर्बको कारोबार

मनास्लु क्षेत्र पुग्ने पर्यटकबाट गाउँपालिकाले पदयात्रा शुल्क उठाउने

सुनचाँदीको मुल्यमा सामान्य वृद्धि

१६ लाख पर्यटक ल्याउने सरकारको लक्ष्यअनुसार काम गर्छुः सीइओ जोशी

नेप्से परिसूचक ओरालो लाग्दा कारोबार रकम पनि घट्यो

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो

भगवति हाइड्रोपावरको लाभांश घोषणा