सदाबहार खबरको रफ्तार ....
जेठ १, २०८३ शुक्रबार
May 15, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

हिन्दुहरूको महान चाड बडादशैँ शुरु: घटस्थापनाको साईत विहान १०:३५ मा

२०७६ असोज १२, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: नेपालीहरूको महान चाड बडादशैं आजबाट शुरु भएको छ । आश्विन शुक्ल प्रतिपदादेखि कोज्रागत पूर्णिमासम्म मनाइने यो पर्व आइतबारदेखि शुरु भएको हो ।

यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन हर्षोल्लास र धूमधामका साथ मनाइन्छ । हिन्दु धर्मालम्बीहरूको महान चाडको पहिलो दिन आज रातो माटोले लिपेर चोखो र शुद्ध पारिएको स्थानमा दियो, कलश र गणेश स्थापना गरी चिसो बालुवामा जौ छरेर जमरा राखी घटस्थापना गरिँदै छ । घटस्थापनाको  साईत विहान १०:३५ मा शुभ रहेको छ  ।

आजैदेखि दशैँ घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । जौको अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले दुर्गालाई चढाएर विजया दशमीको दिन टीका प्रसादसहित समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ । दशैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाउने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पश्चिमी वायुको प्रभावः देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना

हिन्दूकुश हिमालय क्षेत्रमा जलवायुजन्य विपद् बढ्दै

जलवायु परिवर्तनको प्रभावले यार्सागुम्बा उत्पादन घट्दै

सुनसान मुदी, यसरी खोस्यो सडक सञ्जाल र हेलिकप्टरले स्थानीयवासीको जीविका

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

चितवनमा कृत्रिम प्रविधिबाट मौरीका रानो उत्पादन

वन्यजन्तुका डरले बसाइँसराइ

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना

वैज्ञानिक आधारमा धानको मूल्य सिफारिस

विवाह गर्ने उमेर २० वर्ष नघटनाउन आग्रह

विभिन्न हिमालमा पाँच जनाको मृत्यु

आलेख– घोडाघोडी सिमसारः सम्भावना ठूलो, संरक्षण कमजोर