सदाबहार खबरको रफ्तार ....
बैसाख २७, २०८३ आइतबार
May 10, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सभामुख महराद्धारा करणिमा आफ्नो संलग्नता नभएको स्पष्टोक्ती (विज्ञप्ती सहित)

२०७६ असोज १३, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः  प्रतिनिधी सभाका सभामुख कृष्ण बहादुर महराले संघिय संसद सचिवालयमा काम गर्ने एक महिला स्नेहा (नाम परिवर्तन) कर्मचारीलाई करणि गरेको बिषयमा स्पष्टीकरण दिएका छन् ।

सभामुख महराले आफुलाइ असोज १२ गते साँझ तिनकुनेस्थित डेरामा आएर जवर्जस्ती करणी गरेको महिलाको आरोपको खण्डन गर्दै प्रेस सल्लाहकार डिल्ली मल्ल मार्फत विज्ञप्ती जारी गरी आफ्नो संलग्नता नभएको स्पष्टोक्ती दिएका हुन् ।

संसद सचिवालयको स्वास्थ्यमा कार्यरत  ती महिला कर्मचारीले तीनकुनेस्थित डेरामा आएका सभामुखले आफूलाई बलात्‍कार गरेको आरोप लगाएको समाचार विभिन्न अनलाइनमा भाइरल भएको थियो ।

समाभुख महरा पहिला नै मदिराले लठ्ठ भएर तिनकुने स्थित महिलाको कोठामा गएको र महिलालाइ कुटपिट गर्दै जवर्जस्ती गरेको आरोप ती महिलाले लगाएकी छन् । सभामुख महराले भने समायोजनमा बाहिर सरुवा भएका कारण आफुमाथी आरोप लगाइएको जारी गरेको प्रेश विज्ञप्तीमा दाबी गरेका छन् ।

उक्त विज्ञप्तीमाः संघीय संसद सचिवालयमा स्वास्थ्य शाखाको कुनै दरबन्दी नभएको र संसद सचिवालयमा कार्यरत स्वास्थ्यकर्मीहरु र ती महिला कर्मचारीले समेत समायोजनको प्रसंग चल्दै गर्दा संसद सचिवालयमै स्वास्थ्यको दरबन्दी हुनुपर्छ भनी माग गरिरहेको अवस्था थियो।

तर कर्मचारी समायोजनमा सामान्य प्रशासन र स्वास्थ्य मन्त्रालयले नै सबै प्रक्रिया मिलाउने हुँदा मैले त्यसमा काम नगरेको भनी स्वास्थ्य शाखाका कर्मचारीहरु र ती महिला पनि असन्तुष्ट थिए’,  ‘सोही असन्तुष्टिलाई लिएर सभामुखज्यूको बारेमा पूरै गलत, कपोलकल्पित र अनर्गल समाचार प्रवाह भएकोमा सभामुखज्यू समेत निकै दुखित र आश्चर्यचकित हुनुभएको छ।’  बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

विधिद्वारा स्थापित पद्धति र परम्परा पालना हुनुपर्छ: राष्ट्रपति

वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्छः राष्ट्रपति

साहित्य, कला र सङ्गीतले सामाजिक एकता सुदृढ बनाउँछः राष्ट्रपति

समाचार लेखेकै आधारमा पत्रकार असुरक्षित हुने अवस्था अन्त्य हुनुपर्छ : राष्ट्रपति

संविधान संशोधन– गाउँसभादेखि कार्यकारी राष्ट्रपतिसम्मका विषय बहसमा

राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी

भूमिहीनका लागि स्थायी समाधानमा सरकार सक्रिय : प्रधानमन्त्री

राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता

राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

राष्ट्रपति पाैडेलले जारी गरे थप तीन अध्यादेश

राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी

पञ्चशील र चार आर्य सत्य सिद्धान्त राष्ट्रिय एकताका मार्गनिर्देशक हुन् : राष्ट्रपति