सदाबहार खबरको रफ्तार ....
असोज १०, २०८० बुधबार
September 27, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

दुबईमा नेपाली कामदार बोकेको बस दुर्घटनाः ६ नेपालीको मृत्यु

२०७६ असोज १४, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: (युएई) दुबईमा बस दुर्घटनामा परि ६ जना नेपाली नागरिकको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

यूएईस्थित नेपाली दूतावासले दिएको जानकारी अनुसार सोमबार फर्स्ट सेक्युरेटी कम्पनिको कामदार बोकेको बस दुबईको सडकखण्डको लरीमा ठोक्किएर दुर्घटनाग्रस्त भएको थियो ।

मृत्यु हुनेमा एक पाकिस्तानी र एक भारतीय नागरिक गरि ६ जना नेपाली रहेका छ्न । मृत्यु हुनेमा नेपालीहरु रमेश चौधरी, दानबहादुर सत्याल, कृष्णबहादुर पुन, नारायणप्रसाद पोखरेल,  दीपक विक र नयराम साउद रहेको  दूतावासले जनाएको छ ।

उनीहरुको नेपालमा भएको ठेगाना भने खुलेको छैन । घाइते ५ जना भारतीय र १ जना बंगलादेशी मुलुकका नागरिक रहेका छन् । ती मध्य चार जना घाइतेको अवस्था गम्भीर रहेकोले उपचारको लागि दुबईको रसिद अस्पतालमा पुर्‍याइएको दुबई प्रहरीले जनाएको छ ।

दुर्घटनामा ज्यान गुमाउनेहरुको बारेमा थप जानकारी लिने प्रयास भैरहेको राजदुतावासले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

इमरान खानलाइ अर्काे जेलमा सारिने

चीन-ईयू वार्ता : आर्थिक मामिलामा नियमित छलफल गर्ने सहमति

रुसको अपराधी सूचीमा अन्तराष्ट्रिय फौजदारी अदालतका अध्यक्ष

वेस्ट बैंकमा भएको झडपमा २ प्यालेस्टाइनीको मृत्यु

इटालीका पूर्व राष्ट्रपति नापोलिटानोको ९८ वर्षको उमेरमा निधन

पाकिस्तानः बलात्कारी बाबुलाई किशोरीले गोली हानेर मारिन्

नाइजेरियामा इन्धन डिपोमा आगलागी हुदाँ ३४ को मृत्यु

रुसी बिदेश मन्त्रीको आरोप, ‘जेलन्स्की संसारभरवाट पैसा र हतियार मागिरहेका छन्

चीनका सामुन्द्रिक युद्धतोपहरु फिलिपिन्सको सिमामा पुगे पछि तनाब सुरु

आर्मेनियाप्रति ऐक्यबद्धता जनाउन अमेरिकी प्रतिनिधीमण्डल येरेभानमा

ताइवानको गल्फ बल कारखानामा आगलागी हुँदा छ जनाको मृत्यु

बेलायतमा चुरोट माथी प्रतिबन्ध लगाउने तयारी