सदाबहार खबरको रफ्तार ....
बैसाख २७, २०८३ आइतबार
May 10, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

त्रिकोणात्मक टी-२० सिरिजमा जिम्बाब्वेसँग नेपालको दोस्रो हार

२०७६ असोज १४, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: सिंगापुरको ईण्डियन एसोसिएसन क्रिकेट मैदानमा मंगलवारबाट जारी भएको त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत जिम्बाब्वेसँगको दोस्रो खेलमा नेपाल पुनः ४० रनले पराजित भएको छ ।

टस हारेर ब्याटीङ्ग गरेको जिम्बाब्बेले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै नेपाल समक्ष १६० रनको लक्ष्य पस्केको थियो । नेपालको तर्फबाट सन्दिप लामिछानेले जिम्बाब्वेले खाता नखोल्दै विकेट लिएका थिए । जिम्बाब्वेका ओपनर ब्रायन चारीलाई सन्दिपले खाता खोल्न नपाउँदै आउट गराए ।

पहिलाको खेलमा जस्तै यो पटक पनि नेपालको सुरुवाति खेल राम्रो हुन सकेन । खेलमा कप्तान पारस खड्कासँग ओपनिङमा आएका पवर्न शर्राफ विना स्कोरमा मैदान बाहिरीनुपर्यो । दोस्रो विकेटमा दीपेन्द्रसिंह ऐरी, तेस्रो विकेटमा कप्तान पारस खड्का ४ र १२ रन जोडदै मैदान बाहिरीनु पर्यो ।

नेपालका लागि आरिफ शेखले २५ रन र कुशल मल्ललाई ६२ रन हुँदा जिम्बाब्बेले आउट गरायो । सोमपाल कामी ७ रनमा तथा सुसन भारी आउट हुँदा नेपालले ९ विकेट गुमाउदै ११५ रन बनाउन सफल रहेको थियो । यसैगरी सन्दीप लामिछाने र अविनाश बोहराले ५ र ३ रनमा नट आउट रही नेपाल निर्धारीत २० ओभरमा १२० रनमै सिमित रहन पुग्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

गण्डकी प्रदेशस्तरीय भलिबलमा पुरुषतर्फ तनहुँ र पर्वत तथा महिलातर्फ कास्की र म्याग्दी फाइनलमा

स्कटल्याण्ड र अमेरिकासँगको सिरिज खेल्न १५ सदस्यीय टिमको घोषणा

आरआर स्ववियुले प्रिमियर लिगको आयोजना गर्ने

आज पनि महिला फुटबल प्रतियोगिताका रोमाञ्चक खेल हुँदै

नेपालगन्ज १० म्युजिक नाइट रनमा अक्कल बहादुर पाल र सन्तोषी श्रेष्ठको उपाधि

जुम्लामा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डमा हिमा गाउँपालिका प्रथम

गण्डकी प्रदेश अन्तरजिल्ला भलिबलको तयारी पूरा

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

आईपीएल : लखनउ सुपर जायन्ट्सले रोयल च्यालेन्जर्सलाई ९ रनले हरायो

नेपाल ‘ए’द्वारा स्कटल्याण्ड पराजित

नेपाल ‘ए’ ले स्कटल्याण्डलाई दियो २७८ रनको लक्ष्य

नेपाल ‘ए’ले आज स्कटल्याण्डसँग एक दिवसीय खेल खेल्दै