सदाबहार खबरको रफ्तार ....
बैसाख २७, २०८३ आइतबार
May 10, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

कटुवा पेस्तोल सहित नागढुङ्गाबाट २ जना पक्राउ

२०७६ असोज १४, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः प्रहरीको बिशेष टोलीले नागढुङ्गाबाट कटुवा पेस्तोल सहित दुई जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काको नेतृत्वमा खटिएको टोलीले चन्द्रागिरि नगरपालिका २ नागढुंगाबाट दुई जनालाई पक्राउ गरेको हो ।

मंगलबार अपरान्ह पक्राउ पर्नेहरूमा सुनसरी धरानका २४ वर्षीय शैलेस तामाङ र दाङ घोराहीका २० वर्षीय उज्वल गिरी रहेका छन् । बुटवलबाट काठमाडौं आउँदै गरेको गोप्य सुचनाको आधारमा लु १ ख ९९८८ नम्बरको बस चेकजाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरुको साथबाट एउटा कटुवा पेस्तोल र एक थान गोली समेत बरामद गरेको छ । पक्राउ परेका दुबै जनालाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

जङ्गली च्याउ खाँदा ११ जना बिरामी

घान्द्रुकलाई एक फन्को

प्रभावकारी बन्दै आवास बिमा कार्यक्रम

दार्चुलामा भूकम्प

धनुषामा बस दुर्घटना हुँदा चालकसहित १७ जना घाइते

ट्राफिक कारबाहीमा चार लाख ४८ हजार राजस्व सङ्कलन

बाढीका सिद्विचरण राजमार्ग पूर्ण रुपमा अवरुद्ध

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

मानव अधिकार समितिबाट ‘होल्डिङ सेन्टर’को अवलोकन

हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास

केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

बगरमा पसिना, राजमार्गमा बजार, मुक्तकमैयाको फेरिएको दिनचर्या