
काठमाण्डौं: नेपाल प्रहरीले ६४ औ प्रहरी दिवसको अवशरमा राजधानीमा ब्याण्ड कन्सर्टको आयोजना गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौं र सामुदायिक सेवा केन्द्र जनसेवाले संयुक्त रूपमा काठमाण्डौंको बसन्तपुरमा ६४ औ प्रहरी दिवसको अबसरमा ब्याण्ड कन्सर्टको आयोजना गरेको हो ।
बुधवार सञ्चालन भएको लाइभ कन्सर्टमा नेपाल प्रहरी सङि्गत विद्यालयको ब्याण्ड सहितको टोलीले साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेको उक्त कार्यक्रममा विजया दशमीको शुभकामना आदान प्रदान गरिएको थियो ।
कार्यक्रममा काठमाण्डौं महानगरपालिकाका मेयर बिद्या सुन्दर शाक्य, सामुदायिक सेवा केन्द्रका अध्यक्ष विकास भक्त श्रेष्ठ, प्रदेश न.३ का सांसद दिपेन्द्र श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी जनक राज दाहाल, प्रहरी नायब महानिरीक्षक शैलेश थापा, प्रहरी कर्मचारी, सर्बसाधारण लगायतको उपस्थिति रहेको थियो ।