शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अ
अ
अ
काठमाण्डौः प्रदेश नं ५ का प्रदेश प्रमुख धर्मनाथ यादवले प्रदेशसभाबाट पारिश्रमिकसम्बन्धी विधेयक आज प्रमाणीकरण गर्नुभएको छ ।
प्रदेशसभाको यही साउन १५ गते बसेको बैठकले सो विधेयक पारित गरेको थियो । प्रदेश नं ५, प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकलाई नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरिएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चिरञ्जिवी पौडेलले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएकोे छ । रासस
