सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

टर्कीसँग ४० वर्षको सशस्त्र सङ्घर्षपछि पिकेकेद्वारा युद्धविरामको घोषणा

२०८१ फागुण १७, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

इस्तानबुल, १७ फागुन (रासस/एएफपी): टर्कीको जेलमा रहेका नेता अब्दुल्लाह ओकालानको अनुरोधपछि कुर्द लडाकू समूह (पिकेके)ले शनिबार टर्कीसँग युद्धविरामको घोषणा गरेको छ ।

चार दशकभन्दा बढी समयदेखि टर्कीसँग लडेपछि यसै हप्ता कुर्दिस्तान वर्कर्स पार्टी (पिकेके) को विघटनको घोषणा गर्दै ओकालानले नेता तथा कार्यकर्तालाई हतियार बिसाउन आग्रह गर्नुभएको होे ।

पिकेके कार्यकारी समितिले ओकलानलाई उद्धृत गर्दै भनेको छ, “नेता अपोको शान्ति र लोकतान्त्रिक समाजका लागि आह्वानको कार्यान्वयनका लागि मार्ग प्रशस्त गर्न हामी आजदेखि लागू हुने गरी युद्धविरामको घोषणा गर्दैछौं ।”

उत्तरी इराकमा मुख्यालय रहेको समितिले भनेको छ, “हामी पिकेके विघटनको आह्वानको विषयसँग सहमत छौँ र यसलाई अनुसरण र कार्यान्वयन गर्नेछौँ ।”
“आफ्नोसमूहमाथि आक्रमण नभएसम्म हाम्रा कुनै पनि सेनाले सशस्त्र कारबाही गर्ने छैनन्,” विज्ञप्तिमा भनिएको छ।

टर्की, संयुक्त राज्य अमेरिका र युरोपियन युनियनद्वारा आतंकवादी समूह घोषित पिकेकेले सन् १९८४ देखि कुर्दहरूको लागि एक मातृभूमि बनाउने उद्देश्यले विद्रोह गरेको छ । पिकेकेले टर्कीको आठ करोड ५० लाख जनसङ्ख्याको लगभग २० प्रतिशत हिस्सा ओगटेको छ।

सन् १९९९ मा ओकालान जेलमा परेदेखि नै करिब ४० हजारभन्दा बढी मानिसको ज्यान लिइसकेको रक्तपात अन्त्यका लागि विभिन्न प्रयासहरू भएका छन् ।

ओकालानसँग उहाँलाई राखिएको टापुको एक जेलमा धेरै पटकको बैठकपछि कुर्द समर्थक डीईएम पार्टीले बिहीबार पिकेकेलाई आफ्ना हतियारहरू बिसाउन र संगठनको विघटनको घोषणा गर्न एक सम्मेलन बोलाउन अपिल गरेको थियो।

पिकेकेले शनिबार ओकालानले चाहेअनुसार सम्मेलन आयोजना गर्न तयार रहेको तर त्यसका लागि उपयुक्त सुरक्षित वातावरण सिर्जना गर्नुपर्ने र ओकालानले व्यक्तिगत रूपमा निर्देशन र सम्मेलनको सफलताका लागि नेतृत्व गर्नुपर्ने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

आर्थिक आत्मनिर्भरता र पारिवारिक जीवन सुरु गर्न युवालाई चुनौती बढ्दै : राष्ट्रसङ्घीय प्रतिवेदन

रोहिङ्ग्याको न्यायको आशा, घर फर्कने प्रतीक्षा

जीवाश्म इन्धनमा विवादले जलवायु वार्ता अन्योलमा

मुद्रास्फीति बढेपछि श्रीलङ्काले ब्याजदर बढायो

इरानको चेतावनी : सर्त मान, नत्र युद्धको सामना गर

इरानमाथि सैन्य कारबाही अपरिहार्य भएको नेतान्याहुको दाबी

युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास

एआईको नियन्त्रण केही प्रविधि कम्पनीको हातमा सीमित हुनु चिन्ताजनक : राष्ट्रसङ्घ

रोहिङ्ग्यामाथि म्यान्माले नरसंहार गरेको अन्तर्राष्ट्रिय अदालतको ठहर

चीन, अमेरिका र रुसद्वारा ‘शान्ति घोषणापत्र’ जारी

चीनद्वारा ‘शिजियान–२४’ भूउपग्रह सफलतापूर्वक प्रक्षेपण

इमरानको सुरक्षाका लागि छोराको विश्व समुदायसँग अपिल