सदाबहार खबरको रफ्तार ....
भाद्र २६, २०८१ बुधबार
September 11, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

विश्व सैन्य खेलकुद प्रतियोगितामा सहभागी हुन सैनिक खेलाडी चीन जाँदै

२०७६ असोज १६, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ:  सातौं विश्व सैन्य खेलकुद’ प्रतियोगितामा  सहभागी हुन सैनिक खेलाडी चीन जाने भएको छ ।

नेपाली सेनाले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी पहिलो पटक चीनको हुवे प्रान्तको युनानमा आगामी कात्तिक १ गतेदेखि सुरु हुने सातौं विश्व सैन्य खेलकुद प्रतियोगितामा सहभागी हुन चीन जान लागेको जानकारी गराएको हो ।

अन्तर्राष्ट्रिय सैनिक खेलकुद परिषद्ले यस बर्ष उक्त खेल चीनको युनान प्रान्तमा आयोजना गर्दैछ ।

सैनिक शारिरिक खेलकुदका महासेनानी शशिकिरण रायमाझीका अनुसार १ सय ५ राष्ट्रका १० हजार ७ सय १९ जना खेलाडीहरु सहभागी हुने उक्त प्रतियोगीतामा नेपाली सेना विभिन्न १३ वटा विधामा भाग लिने बताएका थिए ।

उक्त  प्रतियोगितामा सहभागी हुन  नेपाली सेना  पहिलो पटक त्यसतर्फ जान लागेको हो  ।

नेपाली सेनाले आर्चरी, ब्याडमिन्टन, बक्सिङ, घोडचढी, जुडो, तेक्वान्दो, कुस्ती, बिच भलिबल, मोर्डन पन्टाथलन, ट्रयाक एण्ड फिल्डल सहित  १३ वटा विभिन्न प्रतियोगितामा भाग लिनेछ ।

विशेष अतिथिको रुपमा सो कार्यक्रममा उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलको समेत सहभागी हुने सैनिक स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अर्जेन्टिनामाथि कोलम्बियाको शानदार जित

खेल क्षेत्रको आवश्यकतालाई मध्यनजर गर्दै मन्त्रालय अगाडि बढ्छः खेलकुदमन्त्री चौधरी

चीनले आर्चरी, उसु र कुस्तीमा नेपाललाई सहयोग गर्ने

पल्सर अवार्ड : चार विधाको मनोनयन सार्वजनिक

खुला मिनीम्याराथन प्रतियोगितामा इटहरीका धनु मानन्धर प्रथम

बंगलादेशविरुद्धको पहिलो टेस्टका लागि भारतीय टिमको घोषणा

स्वीजरल्याण्डमाथि स्पेनको शानदार जित

रोनाल्डोको निर्णयक गोलमा पोर्चुगलको जित

खेलकुदमा सहभागी गराएर युवालाई कुलतबाट जोेगाउन सकिनेः मुख्यमन्त्री सिंह

भारतका रणधीर सिंह एसियाली ओलम्पिकको प्रमुखमा निर्वाचित

सभ्य समाज निर्माणका लागि खेलकुद आवश्यक

एन्फा महिला लिग : एपिएफले आर्मीलाई हरायो