काठमाण्डौं: राष्ट्रपति विद्यादेवी भण्डारीले विजया दशमीको दिन सर्वसाधारणलाई दसैंको टीका लगाइदिने भएकी छिन् ।
बडादशैंको दशौ दिन बिजयादशमीको अवशरमा राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट सर्वसाधारणले टीका तथा आशीर्वाद ग्रहण गर्न पाउने भएका छ्न ।
असोज २१ गते इच्छुक सम्माननीयहरु, उपप्रधानमन्त्रीहरु, प्रदेश प्रमुखहरु, मन्त्रीहरु, न्यायाधीशहरु, संघीय-संसदका सदस्यहरु, संवैधानिक निकायका पदाधिकारीहरु, विशिष्ट महानुभावहरूलाइ दिउँसो १ बजेदेखि २ बजेसम्मको समय तोकिएको छ ।
यसैगरी अपरान्ह २ बजेर ३० मिनेटदेखि एक घण्टा सर्वसाधारण एवं अन्य इच्छुक महानुभावहरुका लागि टीका लगाइदिने समय तालिका तय गरेकी छिन् । उक्त टिका ग्रहणको दिन शीतलनिवासको गेट नं. १ को ढोका खुल्ला रहने राष्ट्रपति कार्रयालयले जनाएको छ ।
राष्ट्रपतिले अघिल्ला वर्षहरुमा पनि विजया दशमीको दिन सर्वसाधारणलाई दसैंको टीका लगाइदिने गरेकी थिइन ।
राष्ट्रपति कार्यालयले जारी गरेको प्रेस नोटः

