सदाबहार खबरको रफ्तार ....
जेठ ५, २०८३ मंगलबार
May 19, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

तीन वटै सुरक्षा निकायले गरे उपत्यकामा निःशुल्क बस सञ्चालन (रुट सहित)

२०७६ असोज १८, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौँ: दशैं अवधिभर यात्रुहरुको सुबिधालाई लक्षित गरि तीनवटै सुरक्षा निकायहरूले उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन गर्ने भएका छन् ।

नेपाली सेनाले दशैको अवशरमा यात्रुहरूको चाप तथा सवारीसाधनको अभावलाइ परपूर्ती गर्न असोज १४ गतेदेखी १९ गतेसम्म उपत्यकाबाट बाहिरिने यात्रुहरूलाइ लक्षित गरी यातायात ब्यबस्था सञ्चालन गर्दै आएको बताएको छ ।

यसैक्रममा सेनाले उपत्यका बाहिरका विभिन्न जिल्लाहरूमा निशुल्क बस सेवा सञ्चालन गरिरहेको छ । सोही अनुसार ईटहरी, सप्तरी, सिराह, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, सिन्धुली, पोखरा, बुटवल, गोरखा, नेपालगञ्ज, सुर्खेत, धनगढीमा उक्त बसहरू सञ्चालनमा ल्याएको हो ।

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार आश्‍विन २१ गते विजया दशमी (टिका) को दिन काठमाण्डौं उपत्यका भित्र सार्वजनिक सवारी साधन न्यून मात्र सञ्‍चालन हुने भएकोले सैनिक तथा गैह्र सैनिक व्यक्तिहरुको आवागमनमा सुविधा पुर्‍याउने उद्देश्यले उक्त दिन नेपाली सेनाले विभिन्न ७ (सात) वटा रुटहरु र समयमा बिहानैदेखि साँझसम्म निःशुल्क सञ्चालन गर्न मिलाईएको बताएका छन् ।

प्रवक्ता पाण्डेले बिजयादशमीको दिन भद्रकालीबाट उपत्यकाको सबै रुटमा निःशुल्क बस सेवा सञ्चालन गरि सेनाका परिवार, अवकास प्राप्त सेनाका परिवार, अन्य सर्वसाधारण यात्रु सबैले यो सुविधा पाउने बताए ।

त्यस्तै सशस्त्र प्रहरी बलले पनि महानवमीको दिनदेखि एकादशीसम्म यात्रुहरूको सुविधालाई ध्यान दिने गरी २ वटा निःशुल्क बस सेवा सञ्चालन गर्न लागेको बताएका छन् ।

सशस्त्र प्रहरीका प्रवक्ता सुरजकुमार श्रेष्ठका अनुसार उपत्यकाका विभिन्न रुट मार्फत यात्रुलाई सुविधा दिने बताएका छन् । यसैगरी नेपाल प्रहरीले पनि फुलपातीदेखि एकादशीसम्म निःशुल्क बस सेवा संचालन गर्ने जनाइसकेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी भीमप्रसाद ढकालले यात्रुको भिडभाड चाप हुने ठाउँमा निःशुल्क बस सेवा उपलब्ध गराइने बताएका छन् ।

नेपाली सेनाले सञ्चालन गर्ने रूटः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु

आज ३३ औँ मदन–आश्रित स्मृति दिवस

‘संयुक्त प्रयासबाट मात्रै प्रदेशको आर्थिक समृद्धि सम्भव’

सूर्यविनायकद्वारा गुण्डुमा घुम्ती हाट बजार सञ्चालन

दिगो तथा आत्मनिर्भर अर्थतन्त्रका लागि महालेखापरीक्षकको कार्यालयका सुझाव

नेपाल प्रहरीका ४६ जना एसपीको एकसाथ सरुवा (सूचीसहित)

एकसाथ १४९ डीएसपीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

नेपालमै पहिलोपटक हरित हाइड्रोजनबाट खाना पकाउने प्रविधिको विकास

चलचित्र ‘लालीबजार’ को मुद्दामा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

राजदूत ओली र रोयल थाई प्रहरीका विशेष कार्यदलबीच भेटवार्ता

कालीगण्डकी करिडोरः बिस्फोटक पदार्थको प्रयोग गरी सडक विस्तार सुरु

रुस–युक्रेनबीच युद्धबन्दी साटासाट