सदाबहार खबरको रफ्तार ....
असोज १०, २०८० बुधबार
September 27, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

तीन वटै सुरक्षा निकायले गरे उपत्यकामा निःशुल्क बस सञ्चालन (रुट सहित)

२०७६ असोज १८, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौँ: दशैं अवधिभर यात्रुहरुको सुबिधालाई लक्षित गरि तीनवटै सुरक्षा निकायहरूले उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन गर्ने भएका छन् ।

नेपाली सेनाले दशैको अवशरमा यात्रुहरूको चाप तथा सवारीसाधनको अभावलाइ परपूर्ती गर्न असोज १४ गतेदेखी १९ गतेसम्म उपत्यकाबाट बाहिरिने यात्रुहरूलाइ लक्षित गरी यातायात ब्यबस्था सञ्चालन गर्दै आएको बताएको छ ।

यसैक्रममा सेनाले उपत्यका बाहिरका विभिन्न जिल्लाहरूमा निशुल्क बस सेवा सञ्चालन गरिरहेको छ । सोही अनुसार ईटहरी, सप्तरी, सिराह, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, सिन्धुली, पोखरा, बुटवल, गोरखा, नेपालगञ्ज, सुर्खेत, धनगढीमा उक्त बसहरू सञ्चालनमा ल्याएको हो ।

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार आश्‍विन २१ गते विजया दशमी (टिका) को दिन काठमाण्डौं उपत्यका भित्र सार्वजनिक सवारी साधन न्यून मात्र सञ्‍चालन हुने भएकोले सैनिक तथा गैह्र सैनिक व्यक्तिहरुको आवागमनमा सुविधा पुर्‍याउने उद्देश्यले उक्त दिन नेपाली सेनाले विभिन्न ७ (सात) वटा रुटहरु र समयमा बिहानैदेखि साँझसम्म निःशुल्क सञ्चालन गर्न मिलाईएको बताएका छन् ।

प्रवक्ता पाण्डेले बिजयादशमीको दिन भद्रकालीबाट उपत्यकाको सबै रुटमा निःशुल्क बस सेवा सञ्चालन गरि सेनाका परिवार, अवकास प्राप्त सेनाका परिवार, अन्य सर्वसाधारण यात्रु सबैले यो सुविधा पाउने बताए ।

त्यस्तै सशस्त्र प्रहरी बलले पनि महानवमीको दिनदेखि एकादशीसम्म यात्रुहरूको सुविधालाई ध्यान दिने गरी २ वटा निःशुल्क बस सेवा सञ्चालन गर्न लागेको बताएका छन् ।

सशस्त्र प्रहरीका प्रवक्ता सुरजकुमार श्रेष्ठका अनुसार उपत्यकाका विभिन्न रुट मार्फत यात्रुलाई सुविधा दिने बताएका छन् । यसैगरी नेपाल प्रहरीले पनि फुलपातीदेखि एकादशीसम्म निःशुल्क बस सेवा संचालन गर्ने जनाइसकेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी भीमप्रसाद ढकालले यात्रुको भिडभाड चाप हुने ठाउँमा निःशुल्क बस सेवा उपलब्ध गराइने बताएका छन् ।

नेपाली सेनाले सञ्चालन गर्ने रूटः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

ईः अभियन्ता र काठमाडौं महानगरपालिकाबीचको वार्ता निष्कर्षविहीन

कोशी प्रदेशको मन्त्रीमण्डल विस्तार (सूचीसहित)

‘क्रान्तिकारी प्रेस सङ्गठन’ को संयोजकमा कमल बुढा निर्वाचित

लुम्बिनीको मुख्यमन्त्रीका राजनीतिक सल्लाहकारमा बस्नेत

प्रधानसेनापति प्रभुराम शर्मा भारत प्रस्थान

चौथोदिनसम्म त्रासमा मलङ्गवावासी, कर्फ्यु कायमै

‘प्रोक्युरमेन्ट क्लिनिक’मा सबै स्थानीय तहलाई समेटिने

प्रधान सेनापति शर्मा भोली आइतबार नयाँ दिल्ली जानुुहुँदै

योगदानमा आधारित हुने अवकाश कोषको भुक्तानीमा ५ प्रतिशत मात्रै कर लाग्ने सर्वोच्चको फैसला

एसियन इन्फ्रास्ट्रक्चर इन्भेष्टमेण्ट बैंकको बैठकमा सहभागी हुन अर्थमन्त्री महत इजिप्ट प्रस्थान

पूर्वमन्त्री खेमराज भट्ट ‘मायालु’को निधन

सरकार र आन्दोलनरत शिक्षकहरूबीचको दोस्रो चरणको वार्ता शुरु