
काठमाण्डौः काभ्रेको नमोबुद्दमा आफ्नै छोराले पिक प्रहार गरी बाबुको हत्या गरेका छन् ।
काभ्रेको नमोबुद्द नगरपालिका-२ सल्लेनी स्थायी घर भएका १८ वर्षिय छोरा विजय तामाङ्गले प्रहार गरेको पिकबाट ४२ वर्षीय बाबु टेकबहादुर तामाङ्गको मृत्यु भएको हो ।
गम्भिर घाइते टेकबहादुर तामाङ्गको धुलिखेल अस्पतालमा उपचारको क्रममा शुक्रबार राती मृत्यु भएको थियो ।
घरायसी विवादका कारण झगडा हुँदा छोरा बिजयले शुक्रबार राती अन्दाजी ११ बजेको समयमा पिक प्रहार गरेपछि गम्भिर घाईते भएका टेक बहादरलाई उपचारका लागि धुलिखेल अस्पताल लगिएको थियो ।
उपचारको क्रममा घाईते तामाङ्गको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी दीपक गिरीले पुष्टी गरेका छन् ।
उक्त घटना लगत्तै भाग्ने क्रममा प्रहरीले घटनामा संलग्न मृतकका छोरा विजय तामाङलाई शुक्रबार रातिनै पक्राउ गरी थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालयमा राखेको बताइएको छ ।