सदाबहार खबरको रफ्तार ....
असोज १९, २०८१ शनिबार
October 5, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

महरा विरुद्ध बलात्कारको उजुरी दर्ता, पक्राउ गर्ने तयारीमा प्रहरी

२०७६ असोज १८, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं : यौन दुर्व्यवहारको आरोप लागी सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महरालाई जबरजस्ती करणीको उजुरी दर्ता भएको छ ।

पीडित महिला रोशनी शाहीले शुक्रबार सभामुख महराविरुद्ध नयाँ बानेश्वर प्रहरी वृत्तमा जबरजस्ती करणी उद्योगमा उजुरी दिदै किटानी जाहेरी दिएकी  छिन ।

गत आईतबार राति महराले आफूलाई बलात्कार गरेको भन्दै हाम्राकुरा अनलाईन मार्फत एक्कासि मिडियामा आएकी शाहीले  घटना भएको छैटौं दिनमा  बानेश्वर प्रहरी वृत्तमा उजुरी दर्ता गराएकी हुन् ।

प्राविधिक अनुसन्धान गर्दा प्रहरीले सभामुख महरा आइतबार रोशनीको कोठामा गएको  पुष्टि  गरेको छ ।

यसअघि आसोज १६ गते  रोशनी र उनका श्रीमानले सम्बन्ध विच्छेद गरेको पत्र समेत बाहिरिएको थियोे ।

प्रहरीका अनुसार सभामुख महरा आईतबार बेलुकी निज रोशनी शाहिको  कोठामा गएदेखि निवासमा फर्किएसम्मको  सीसीटीभी फुटेज प्रहरि फुटेज प्रमाण रहेको छ ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आईजीपीसहितको बैठक बोलाएर  शुक्रबार महरा प्रकरणको रिपोर्ट  समेत मागेका थिए ।

सो बैठकमा सहभागी एक अधिकारीका अनुसार गृहमन्त्रीले अनुसन्धान प्रक्रियामा कुनै कसर बाँकी नराख्न निर्देशन दिएको बताईएको छ ।

साथै सो बैठकमा गृहमन्त्री बादलले निष्पक्ष अनुसन्धानमा कसैसँग डराउनु पर्दैन भन्दै निर्धक्क भएर अनुसन्धान गर्न निर्देशन दिएका थिए ।

प्रहरीका अनुसार रोशनीले उजुरी दर्ता गरेपछि सभामुख महरालाई पक्राउ गर्ने प्रक्रिया अघि बढने बताए ।

आईतबार २० गते अदालतबाट पक्राउ पुर्जी लिने  तयारी भएको समेत प्रहरी स्रोतले  उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकैदिन साढे तीन करोड जम्मा

राष्ट्रपति पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष दाहालको भेट

प्रधानमन्त्रीसँग बङ्गलादेशका मन्त्री हसनको शिष्टाचार भेट

राष्ट्रपति भवनमा घटस्थापना

उपराष्ट्रपतिबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग

राष्ट्रपति पौडेलले एक महिनाको तलव उद्धार कोषमा प्रदान गर्नुहुने

कोरियाको राष्ट्रिय दिवसमा उपराष्ट्रपति सरिक

प्रधानमन्त्रीद्वारा राहत, उद्धार र पुनःस्थापनामा जुट्न सबैलाई आह्वान

जनताले भोगिरहेको पीडामा सहयोग गर्न प्रधानमन्त्रीको आव्हान

राष्ट्रसङ्घीय महासभामाबारे प्रधानमन्त्रीद्वारा संसदीय दललाई जानकारी

ज्येष्ठ नागरिकले समाजलाई प्रोत्साहन गर्छ: उपराष्ट्रपति यादव

तीन दिन राष्ट्रिय शोक घोषणा