सदाबहार खबरको रफ्तार ....
बैसाख २७, २०८३ आइतबार
May 10, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

मोरङ्गबाट बिस्पोटक पदार्थ सहित विप्लवका जिल्ला सेक्रेटरी पक्राउ

२०७६ असोज १८, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: प्रतिबन्धित नेकपा (बिप्लव) मोरङ जिल्ला सेक्रेटरी बिस्पोटक पदार्थ सहित पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङले बुढिगंगा गा.पा.-३ स्थायी बसोबास गर्ने मोरङ जिल्ला सेक्रेटरी आभाष भन्ने कुमार खतिवडालाई मोरङ्गको बिराटनगर महानगरपालिका वडा नम्बर ४ स्थित इक्राही चोकबाट पक्राउ गरेको हो ।

प्रतिबन्धित नेकपा (बिप्लव) समुह निकट युवा संगठनका सदस्य बिपिन भनिने राजु मग्रातीलाई प्रहरीले गत असोज ९ गते नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको थियो ।

सोही अनुसन्धानका क्रममा प्रहरीले शुक्रबार बिप्लपका मोरङ जिल्ला सेक्रेटरी आभाष भन्ने कुमार खतिवडालाई नियन्त्रणमा लिएको पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो ।

प्रहरीले अनुसन्धान गर्ने क्रममा खतिवडाले कोठा भाडामा लिए बसेको मोरङ्गको सुन्दर हरैचा नगरपालिका वडा नम्बर ७ गोठगाँउ बस्ने राजेन्द्र लिम्बुको घरको पूर्व दक्षिण तर्फको कोठा खानतलासी गर्ने क्रममा उक्त बिस्पोटक पदार्थ समेत बरामद गरेको जनाएको हो ।

यसैगरी बुढिगंगा गा.पा.-७ बाल कुमार डाँगीको साथबाट तथा निजको दाजु रत्न कुमार डाँगीको केराघारीबाट बरामद भएको बिष्फोटक पदार्थ लगायतका बस्तु सहित प्रहरीले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन सम्बन्धमा रास्वपाको ‘नीति मन्थन’

अन्तरराष्ट्रिय आर्गानिया दिवस मनाइँदै

नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी

न्यायसम्पादनमा ढिलाइ हुँदा कार्यसम्पादनमा समस्या भइरहेको छः प्रदेश प्रमुख मियाँ

बजार सुशासनका लागि सोमबारदेखि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’

विधिको शासनको कार्यान्वयनप्रति न्यायपालिका प्रतिबद्ध छः कामु प्रधानन्यायाधीश

विपद् जोखिम न्यूनीकरणका लागि प्रहरी तयारी अवस्थामा

सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदका लागि दरखास्त आह्वान

टिपर र बस ठोक्किँदा १० जना घाइते

बुद्धका शिक्षासँग जेनेभा महासन्धिको सम्बन्धबारे जेनेभामा उच्चस्तरीय विमर्श

कर्णालीका जनप्रतिनिधिसँग अन्तरसरकार सम्बन्धबारे छलफल

विजयोत्सवको ८१औँ वार्षिकोत्सव मनाइयो