सदाबहार खबरको रफ्तार ....
असोज १०, २०८० बुधबार
September 27, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

प्रधानसेनापतिद्धारा उपरथी र सहायक रथीको दर्ज्यानी चिन्ह प्रदान

२०७६ असोज १८, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं : प्रधानसेनापति पूर्णचन्द्र थापाले उपरथी र सहायक रथीको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

मन्त्रीपरिषद्को शुक्रबार बसेको बैठकले नेपाली सेनाका दुई सहायक रथीको उपरथी तथा एक महासेनानीको सहायक रथीमा बढुवा स्वीकृत गरेको भोलिपल्ट प्रधानसेनापति थापाले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

शनिवार सैनिक मञ्च टुँडिखेलमा आयोजित फूलपाती बडाँई समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापाले बढुवा भएका रथीबृन्दहरूलाई दर्ज्यानि चिन्ह प्रदान गरेका छन् ।

उपरथी दर्जामा बढुवा भएका सहायकरथीद्धय अशोकराज सिग्देल र गोकुल भण्डारीलाई क्रमशः निरिक्षणाधिकृतको कार्यालय र पश्चिम पृतना हेडक्वार्टरको प्रमुख जिम्मेवारी तोकिएको छ ।

यसैगरी सहायक रथीमा बढुवा भएका महासेनानी अनुपजङ्ग थापालाई २८ बाहिनी अड्डाको बाहिनिपतिमा जिम्मेवारी तोकिएको नेपाली सेनाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

ईः अभियन्ता र काठमाडौं महानगरपालिकाबीचको वार्ता निष्कर्षविहीन

कोशी प्रदेशको मन्त्रीमण्डल विस्तार (सूचीसहित)

‘क्रान्तिकारी प्रेस सङ्गठन’ को संयोजकमा कमल बुढा निर्वाचित

लुम्बिनीको मुख्यमन्त्रीका राजनीतिक सल्लाहकारमा बस्नेत

प्रधानसेनापति प्रभुराम शर्मा भारत प्रस्थान

चौथोदिनसम्म त्रासमा मलङ्गवावासी, कर्फ्यु कायमै

‘प्रोक्युरमेन्ट क्लिनिक’मा सबै स्थानीय तहलाई समेटिने

प्रधान सेनापति शर्मा भोली आइतबार नयाँ दिल्ली जानुुहुँदै

योगदानमा आधारित हुने अवकाश कोषको भुक्तानीमा ५ प्रतिशत मात्रै कर लाग्ने सर्वोच्चको फैसला

एसियन इन्फ्रास्ट्रक्चर इन्भेष्टमेण्ट बैंकको बैठकमा सहभागी हुन अर्थमन्त्री महत इजिप्ट प्रस्थान

पूर्वमन्त्री खेमराज भट्ट ‘मायालु’को निधन

सरकार र आन्दोलनरत शिक्षकहरूबीचको दोस्रो चरणको वार्ता शुरु