काठमाण्डौ : दसैं अवधीभर ग्राहकहरुको सुबिधालाई मध्यनजर गरि बैंकहरू खुला रहने भएका छ्न् ।
बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र प्रसाद ढुंगानाले चाडपर्वमा ग्राहकलाई कारोबारबाट वञ्चित नगराउने उद्देश्यले बिदाका दिनमा पनि सुबिधा दिने तयारी गरेको बताए ।
सर्वसाधारणलाई सेवा दिने शाखामा कर्मचारीको आलोपालो र सुरक्षा प्रबन्ध समेत मिलाएको बैंकर्स संघले जनाएको छ ।
अहिले २४ सै घण्टा विभिन्न माध्यम मार्फत बैंकिङ्ग सेवा बैंक तथा वित्तीय संस्थाहरूले दिइरहेको ढुङगानाले बताए । यसका लागि ग्राहकहरु भने बैंकहरूले तोकेको समय र शाखामा जानुपर्ने भएको छ ।
अध्यक्ष ढुंगानाका अनुसार बैंकहरूले टीकाका दिन बाहेक २ देखि ३ घण्टाको लागि अरु दिन तोकिएका कार्यालय खुला रहनेछ्न । यसैगरी टीकाको दिन पनि बैंक खोल्ने तयारी गरेको बताएका छन् ।
दसैं बिदामा सञ्चालन हुने बैंकिङ कारोबारका लागि बैंकले विशेष सुरक्षा व्यवस्था मिलाएको जनाएको छ । साथै नेपाल प्रहरीले पनि आफ्नो तरिकाले ती बैकहरूमा मोबाइल गस्तिबाट सुरक्षा दिने बताएको छ ।